काठमाडौं – जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयन सुनिश्चित गर्न जोड दिँदै ‘जस्टिस समिट २०२५’ काठमाडौँमा सम्पन्न भएको छ। कानुन दिवसको अवसरमा आज ‘दलित लाइभ्स म्याटर ग्लोबल एलायन्स’ र ‘ग्लोबल लिगल डिफेन्स फन्ड’ को सहकार्यमा आयोजित समिटमा सातै प्रदेशबाट आएका कानून व्यवसायी, कानूनका विद्यार्थी, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। […]