राजा महेन्द्रको भ्रमणले फेरिएको अमेरिकी प्रोटोकल

राजा महेन्द्र २०१६ सालमा अमेरिकी राष्ट्रपति ड्वीट डेभिड आईजनहावरको निमन्त्रणामा अमेरिका जाने तयारीमा थिए। राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो–‘राजालाई स्वागत गर्न अमेरिकी राष्ट्रपति आइजनहावर विमानस्थल नजाने ।’ बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए। ‘जाँड खाने बाहुन’को बद्नामीले चुनाव हारेका कृष्णप्रसाद भट्टराई पहिलो संसदको सभामुख थिए। बीपीको निर्देशनमा सभामुख भट्टराईले अमेरिकी दूतावासका […]