असन क्षेत्रमा किनमेल गर्नेको घुइँचो (तस्वीरहरू)

२९ असोज, काठमाडौं । हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं नेपाली बजारमा सबैभन्दा धेरै किनमेल हुने समय हो । दैनिक उपभोग्य सामग्री, लत्ताकपडालगायतका सामानको बिक्री यही बेला हुन्छ । अझ विशेष गरी दशैंका बेला नयाँ लुगा लगाउने नेपालीहरुको चलन नै हो । त्यसैले हिजोआज काठमाडौं उपत्यकाका पसल र सपिङ् मलहरुमा किनमेल गर्नेको ठूलो भिड छ । […]

सम्बन्धित सामग्री

विभिन्न फर्मलाई ९२ लाखभन्दा बढी जरिवाना तिराइयाे, करोडका सामान नष्ट

काठमाडाैँ : बजार अनुगमनका क्रममा चितवनबाट म्याद गुज्रिएको झण्डै एक करोडको बियर नष्ट गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमनका क्रममा चितवनमा ९७ लाख मूल्य बराबरको ४ गाडी बियर नष्ट गरेको हो।याक ब्रुइङ कम्पनीको बाह्रसिंगे बियर चितवनको कुरिन्टारमा लगेर नष्ट गरिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले थाहाखबरलाई जानकारी दिए।विभागले आज काठमाडौँको पेप्सीकोला,बालाजु, असन क्षेत्र र भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको छ। पेप्सीकोलास्थित एक किराना पसललाई सिल

असनलाई छोप्यो दशैँको माहोलले : पसलदेखि फुटपाथसम्म किनमेल गर्नेको भीड

काठमाडौं : देशभर दशैँको माहोलले छोपिसकेको छ। दशैँ मनाउन किनमेल गर्नेको घुँइचो पनि उत्तिकै छ मुख्य बजारमा। राजधानीको मुख्य असन क्षेत्र पनि यतिबेला ग्राहकले भरिभराउ देखिन्छ। इन्द्रचोकदेखि जमलसम्मै फैलेको असन बजारका मुख्य पसलमात्र हैन, फुटपाथ पनि व्यापार गर्ने र किनमेल गर्नेको भीड अहिले देख्न सकिन्छ। जसले गर्दा बाटो छिचोल्न उत्तिकै…

दशैँ लाग्यो, तर ब्यापार छैन

सामान्यतया, सोह्र श्राद्ध सुरु भएपछि दशैँको लागि बजारमा चहलपहल सुरु हुन्छ । काठमाडौँका असन, इन्द्रचोक र न्यूरोडका होलसेल पसलहरुमा दशैँको सामान किन्नेहरुको चहलपहल नबाक्लिए सम्म दशैँ आएको आभाष नै हुँदैन । असन र इन्द्रचोकबाट काठमाडौँ बाहिर पनि सामान जाने भएकाले सामान्य अवस्थामा दशैँ आउन १ महिना हुँदै यी क्षेत्रमा थेगिनसक्नुको भीड लाग्ने गथ्र्यो । तर, यसपाली अवस्था फरक छ । दशैँको घटस्थापना आउन जम्मा १४ दिन बाँकी छ । तर, अहिले असन, इन्द्रचोक र न्यूरोडका होलसेल तथा खुद्रा पसलहरु सुनसान छन् ।कुनै क्षेत्रको पनि ब्यापार छैनबिजपाटी डटकमको टोली न्यूरोड हुँदै असनतर्फ पुग्दा प्राय कुनै पनि पसलमा ग्राहक थिएनन् । घुमफिर गर्न हिडेका प्रौढ र अल्लारे युवा युवतीसहित केही विदेशी पाहुन देखिन्थे । यो क्षेत्रको चहल पहलले दशैँ नजिकिएको कुनै गुञ्जायस नै गर्दैनथ्यो ।इन्द्रचोकको मछिन्द्रबहालस्थित तिमल्सिना शु–सेन्टरका सञ्चालक बद्री तिमल्सिना फुर्सदिला देखिन्थे । उनका बुबा आमाले २३ वर्ष अगाडीबाट सो क्षेत्रमा पसल सुरु गरेकामा करिब १० वर्षदेखि उनले चलाउन थालेका छन् । तर, कोरोना महामारीको समयलाई छोडेर हेर्ने हो भने यसपालीको जस्तो सुनसान यसअघि कहिल्यै भएको थिएन भन्ने दाबी उनको छ ।नजिकै जोडिएको भाँडा पसलमा पनि कुनै चहलपहल देखिएन ।इन्द्रचोकको मन्दिर आसपासमा भएका मसला पसलहरुबाट मगमग बासना आइरहेको थियो । बाह्रा मसालासहित अन्य मसलाको सुगन्ध फैलिएको भएपनि खरिदकर्ता भने एक जना पनि थिएनन् । अलिक अगाडी बढेपछि हामी एक तल्ला माथि रहेको एउटा साडी पसलमा पुग्यौँ । त्यहाँ पनि अवस्था फरक थिएन । साडी पसलकी सञ्चालिका त झन ब्यापार नभएर मात्रै होइन, सोधखोज गर्न ग्राहक नआएकोमा उदेक लाग्ने बताउँछिन् ।अपरान्ह ४ः३० बजेतिर पुगेको बिजपाटीका रिपोर्टरहरुसँग उक्त पसलकी सञ्चालिका रेनुका भन्दै थिइन्, ‘अघि भर्खर पौने ४ बजे मात्रै बोनी गरेर बसेको छु, आज जम्मा २ पिस साडी बिक्रि भएको छ ।’कारण के ?हामीले कुरा गरेका अधिकांश पसलका सञ्चालकहरुले मान्छेसँग पैसा नभएकै कारण असन क्षेत्र दशैँको मुखमा पनि सुनसान भएको हुनसक्ने अनुमान गरेका छन् । ‘मान्छेसँग पैसा नै नभएर त होला नि, अब आएका छैनन्’ जुत्ता पसलका सञ्चालकले हामीसँग भने, ‘तपाई आफैँ भन्नुस् त, दशैँको मुखको असन बजार यस्तै हुन्थ्यो त ? यतिबेला त यहाँ पाइला टेक्ने ठाउँ हुँदैनथ्यो । अहिले त बाइक लिएरै मान्छे हिडिरहेका छन् ।’उक्त पसलका सञ्चालकसँगै रहेका उनका साथीले पनि थपिहाले, ‘यहीँ सिजनमा ब्यापार गरेर वर्षभरी पुर्याउनुपर्ने, दशैँमै ब्यापार छैन ।’विकास निर्माणका काम नहुँदा काम गरेर खाने वर्गको हातमा पैसा नभएको र पैसा चलाइरहने वर्गले पनि यसपाली पैसा चलाउन नपाएकाले असार साउनमा भएको तरलता संकटको असर ब्यवसायमा दशैँको मुखमा देखिएको असन र इन्द्रचोक क्षेत्रका व्यवसायीहरुको बुझाई छ ।

असनचाेक क्षेत्रका अवैधानिक पसल हटाउँदै महानगर (फोटोफिचर)

अवैधानिक संरचना हटाउने क्रममा काठमाडौं महानगरपालिकाका प्रतिनिधि आज असन क्षेत्र पुगेका छन्। असन, इन्द्रचोकमा