नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डाै - नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछन्। विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीको खेल दिउँसो साढे दुई बजे दशरथ रङ्गशालामा हुनेछ । यस्तै, दशरथ रङ्गशालामा नै बेलुका साढे ५ बजे  धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्ने छन्  । तालिकामा १० अङ्क जोडेको धनगढी शीर्ष स्थानमा छ भने बुटवल पाँच अङ्क जोडर पुछारमा छ । यस्तै, तेस्रो स्थानमा रहेको विराटनगरको सात अङ्क छ भने ६ अङ्क रहेको ललितपुर चौथो स्थानमा छ । चितवन भने प्रतियोगिताबाटै बाहिरी सकेको छ ।

सम्बन्धित सामग्री

नेपाल सुपर लिग फुटबल : झापा र वीरगञ्जले गोलरहित बराबरी खेले

नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको झापा फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लबबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीले जित हात पार्न नसक्दा खेल बराबरीमा सकिएको हो । यस खेलसँगै वीरगञ्जको ४ खेलमा २ अङ्क भएको छ । समान खेल खेलको …

अब नेपाल सुपर लिग भलिबल

काठमाडौं । खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलको सफल आयोजनापछि नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट्स प्रालिले नेपालको राष्ट्रिय खेल भलिबलको महिला र पुरुष दुवैतर्फको फ्रेन्चाइज लिग आयोजना गर्ने भएको छ । फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट्स प्रालिबीच मंगलबार १० वर्षका लागि सम्झौता भएको छ । नेपाल भलिबल संघकी […] The post अब नेपाल सुपर लिग भलिबल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाल सुपर लिग : बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक

काठमाडौं। काठमाडौं रेजर्सका मुख्य प्रशिक्षक बालगोपाल महर्जन नेपाल सुपर लिगमा उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। महर्जनको प्रशिक्षणमा काठमाडौंले धनगढीलाई १-० ले हराउँदै नेपाल सुपर लिग पहिलो संस्करणको उपाधि जितेको थियो। प्रतियोगितामा खेलेको ९ मध्ये सात खेल जितेको थियो। काठमाडौं धनगढीसँग लिग चरणमा ३-० तथा पहिलो क्वालिफायरमा २-१ ले पराजित भएको थियो। महर्जनले एक लाख नगद पुरस्कार पाए।

नेपाल सुपर लिग फुटबलको उपाधि काठमाण्डौ रेजर्सलाई

काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधि काठमाण्डौ रेजर्सले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाण्डौले उपाधि जितेको हो । काठमाण्डौको जितमा २१ औं मिनेटमा विदेशी खेलाडी मेसौके ओलोमोउले गोल गरे । खेल अवधिभर धनगढीले गोल गर्ने उत्कृष्ट मौका बनाए पनि सदुपयोग गर्न सकेन । आजको जितसँगै काठमाण्डौले प्रतियोगितामा धनगढीसँग दुईपटक हारेको बदला पनि लिएको छ । आजको खेललाई राष्ट्रिय टोलीका दुई उत्कृष्ट गोलकिपर किरण चेम्जाेङ र विकेश कुथुबीचको प्रतिस्पर्धाका रुपम...

नेपाल सुपर लिग : ललितपुर र पोखराबीचको खेल गोलरहित बराबरी

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज भएको खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । खेल बराबरीमा सकिएपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीबाट गोल हुन सकेन । मध्यान्तर अघिको खेलमा पोखराले आक्रामक खेल खेलेको थियो । मध्यान्तरपछिको खेलमा ललितपुर पोखरामाथि हावी भएको थियो । दुवै टोली गोल गर्नबाट भने चुके । खेलको आठौँ मिनेटमा पोखराका कप्तान नवयुग श्रेष्ठले गोल गर्ने प्रयास गरेका थिए । उनको प्रहार गोलपोस्ट नजिक

नेपाल सुपर लिग : ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटी एफसी र पोखरा थण्डर्स बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुर सिटी र पोखरा थण्डर्स गोलरहित बराबरीमा रोकिएका हुन्। जारी सिजनमा ४ खेल खेलेको ललितपुरको यो लगातार तेस्रो बराबरी हो। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्ससँग पराजय…

नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डाै - नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई वटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा दिउँसो साढे २ बजे हुने पहिलो खेलमा धनगढी एफसी र एफसी चितवन खेल्दैछन् । धनगढी चार अङ्कसहित दोस्रो स्थानमा र चितवन दुई अङ्कसहित छैठौं स्थानमा छ । आजै बेलुकी साढे पाँच बजे हुने अर्को खेलमा बुटवल लुम्बिनी एफसी र विराटनगर सिटी एफसी खेल्दैछन् । बुटवल शीर्ष स्थानमा छ भने विराटनगर पाँचौं स्थानमा रहेको छ ।

नेपाल सुपर लिग : आज काठमाडौं र धनगढी भिड्दै

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) आज काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ः३० बजेदेखि हुने सुरु हुनेछ। लिगको पहिलो खेलमा काठमाडौंले ललितपुर एफसीलाई १–० ले पराजित गरेको थियो। त्यस्तै धनगढी भने पहिलो खेलमा विराटनगर सिटीसँग ३–० ले पराजित भएको थियो। धनगढीको कप्तानी किरण चेम्जोङले गर्दैछन् भने काठमाडौं विकेश कुथुको कप्तानीमा मैदान ओर्लदैछ।

नेपाल सुपर लिग : काठमाडौंको विजयी सुरुवात

काठमाडौं। काठमाडौं रेजर्सले उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० ले पराजित गर्दै पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सफल सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे। प्रतियोगितामा भोलिबाट दुई खेलहरू हुनेछन्। भोलिको पहिलो खेल विराटनगर एफसीविरुद्ध धनगढी एफसी र दोस्रो खेल पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच छ।

नेपाल सुपर लिग विजेताले ३५ लाख पाउने

काठमाडौं। फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) को विजेताले ३५ लाख रूपैयाँ पुरस्कार राशी पाउने आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले बताएको छ। यसैगरी लिगको उपविजताले १५ लाख पाउने छ। बैशाख ११ गतेबाट जेठ १ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुने लिगमा ७ वटा फ्रेन्चाईज क्लबले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा २५ खेल हुनेछन्।