तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिन सहयाेग गरेकाे आराेपमा ४ जना पक्राउ

साेलुखुम्बु – सोलुखुम्बुमा तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिन सहयोग गरेको आरोपमा चार जना प्रक्राउ परेका छन् । अन्य देशका नागरिकलाई नेपाली नागरिकता बनाइदिन सहयोग गरेको आरोपमा सोलु दूधकुण्ड नगरपालिका २ बेनीका चार जना पक्राउ परेका सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रक्राउ पर्नेमा नागरिकता लिने २४ वर्षीया डोल्मा शेर्पा, नक्कली आमा बन्ने ५१ वर्षीया ङमाङ सोनाम सेराप, नक्कली काका बनेका ३७ वर्षीय मिङमार ग्याल्जेन शेर्पा र साक्षी बसेका ४७ वर्षीय छोङ नुर्बु शेर्पा रहेका छन् । उनीहरूलाई चार दिनको म्याद थप गरी अनुसन्धान स...