रोम विधान अनुमोदन गर्न सरकारलाई आग्रह

काठमाडौँ– मानवअधिकार तथा शान्ति समाजले रोम विधान अनुमोदन गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । समाजको एक प्रतिनिधिमण्डलले मंगलबार कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर संक्रमणकालीन न्याय, मानव धिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण रोम विधान अनुमोदन गर्न आग्रह गरेको हो । कानुन, न्याय तथा संसदीय मन्त्रालय सिंहदरबारमा भएको छलफलमा संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन, यस सम्बन्धमा […]

सम्बन्धित सामग्री

गैंडाकोटलाई महाभारत पर्वत शृंखलामा राख्न माग

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोट नगरपालिकालाई चुरे क्षेत्रबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ । यसका लागि सो नगरपालिकाले संघीय सरकारलाई आग्रह समेत गरेको छ । हाल महाभारत पर्वत शृंखलामा रहेको सो नगरपालिकालाई चुरे क्षेत्र भनेर कायम गरिएको छ । गैंडाकोट नगरपालिकाले महाभारत क्षेत्रमा कायम गर्न संघीय सरकारलाई सिफारिश गरी पठाउने प्रस्ताव नगरसभाबाट पारित गरिएको छ । गैंडाकोट नगरपालिका महाभारत पर्वत क्षेत्रमा नै पर्ने भएकाले नगरकार्यपालिका सदस्यहरूले समेत महाभारत क्षेत्रमा राखिनुपर्ने आवाज उठाएका थिए । चुरे क्षेत्रबाट हटाउन संघीय सरकारसमक्ष सिफारिश गरी पठाउने निर्णय नगर कार्यपालिकाले गरेको थियो । सो प्रस्ताव नगरसभाले अनुमोदन गरेपछि गैंडाकोटलाई चुरेबाट हटाउन सिफारिश गरिएको हो । चुरे क्षेत्र राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति मातहतमा रहेको छ । ‘करीब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थ थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे शृंखला हो’ भनेर परिभाषित गरिएको छ । यो नेपालको पूर्वमा इलामदेखि पश्चिममा कञ्चनपुरसम्म ३७  जिल्लामा फैलिएको छ । रासस

सुवेदी जापानका लागि राजदूत नियुक्त

काठमाडौँ – जापानका लागि आवासीय नेपाली राजदूतमा डा. दुर्गाबहादुर सुवेदी नियुक्त भएका छन्। आइतबार राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारको सिफारिसमा सुवेदीलाई राजदूतमा नियुक्त गरेकी हुन्। सरकारको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि एग्रिमोका लागि जापान सरकारलाई आग्रह गरिएको थियो। एग्रिमो आएपछि सुवेदी नियुक्त भएका हुन्।

बामदेव भन्छन् : एमसीसी अमेरिकाले फिर्ता लिँदा राम्राे

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमसीसी परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् । एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भएको र तत्काल यो संसदबाट अनुमोदन हुन नसक्ने भन्दै गौतमले परियोजना फिर्ता लिन माग गरेका छन् । बुधवार विज्ञप्तिमार्फत गौतमले नेपालको संसद र सरकार विशिष्ठ अवस्थाको रहेको भन्दै यो […] The post बामदेव भन्छन् : एमसीसी अमेरिकाले फिर्ता लिँदा राम्राे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.