रिगललाई आममाफी दिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं, १५ कात्तिक।नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय पाएका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा परेको रिट हिजो हेर्दाहेर्दैमा राखिएको थियो। हिजो भएको सुनुवाइमा सरकारी पक्षबाट बहस भएको थियो। रिटमा अब निरन्तर सुनुवाइ हुनेछ।