ओली भन्छन्– जसपा नेपालको एउटा पक्ष राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढीकरणको पक्षमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको एउटा पक्ष राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका पक्षमा देखिएको बताएका छन् ।सोमबार नेकपा एमाले १० औं महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्षका हैसियतले राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले पछिल्लो समय जसपा नेपालमा अन्योल देखिएको टिप्पणी गरेका हुन् । पार्टीको एउटा पक्ष लोकतन्त्रको सुदृढीकरणका लागि सरकारसँग संवाद गर्न तयार रहे पनि अर्को पक्षमा रहेका केही नेता सरकारको विरोधको एकसूत्रीय अभियानमा केन्द्रित देखिएको ओलीको भनाइ छ ।राजनी