दूधकोशीमा सुख्खा पहिरो

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ स्थित करिडोर सडकको चुने भन्ने ठाउँ नजिकैबाट दूधकोशी नदी किनारमा झरेको सुख्खा पहिरो । करिब दुई साता अघिदेखि सुख्खा पहिरो झर्न सुरु गरेको स्थानीयवासी बताउँछन् । तस्बिर : पूर्णप्रसाद न्यौपाने/रासस

सम्बन्धित सामग्री

नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपािलका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ । The post नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाह्रघुम्तीमा सुख्खा पहिरो, त्रिभुवन राजपथ सडकखण्ड अवरुद्ध

हेटौंडा : त्रिभुवन राजपथको बाह्रघुम्तीमा सुख्खा पहिरो गएको छ। पहिरोका कारण सो सडकखण्डमा यातायात अवरुद्ध बनेको छ। सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ बाह्रघुम्तीमा माथिबाट सुख्खा पहिरो खस्दा यातायात अवरुद्ध बनेको प्रहरी चौकी भैसेले जनाएको छ।  पहिरोका कारण हेटौंडाबाट पालुङ हुँदै काठमाडौंतर्फ जाने र काठमाडौंबाट हेटौंडा आउने दुबै…

सुख्खा पहिरो खसेपछि फेरी नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौँ । चितवनको चारकिलो भन्ने ठाउँमा सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। शनिबार साढे ११ बजेतिर इच्छाकामना-६ चारकिलोमा सुख्खा पहिरो झरेको हो।  इलाका प्रहरी कार्यालय मुग्लिङ र सडक कार्यालयको समन्वयमा अवरोध हटाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।

नारायणगढ - मुग्लिङ सडक खण्डमा सुख्खा पहिरो, सडक अवरुद्ध

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका वडा ६ स्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। शुक्रवार बिहान पौने ९ बजे सुख्खा पहिरो खस्दा बाटो दुईतर्फी रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ। नाम्सीपुल छेवैमा सुख्खा पहिरो खसी दुईतर्फी बाटो बन्द भएकोले सवारी साधन तथा यात्रुहरु…

सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ। ईच्छाकामना गाउँपालिका ६ तोपे खोलामा बिहान ८ः४५ समयमा माथिबाट सुख्खा पहिरो खस्दा दुवै तर्फि सडक अवरुद्ध भएको हो।...

सुख्खा पहिरो खस्दा एक जना घाइते

नारायणगढ मुग्लिङ सडक खण्डमा माथिबाट सुख्खा पहिरो खस्दा एक जना घाइते भएका छन्।

जुम्लामा सुख्खा पहिरो खस्दा दुई जना बालकको मृत्यु

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सुख्खा पहिरो खस्दा दुई जना बालकको मृत्यु भएको छ । घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट खसेको सुख्खा पहिरोले च्यापेर दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खस्दा ३ वर्षीय बालक शिशीर बोहोरा र हिमीश […]

रसुवामा सुख्खा पहिरो : १ जनाको मृत्यु

आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् । पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना सडकमा ग्याबिन वाल लगाउने काम गरिरहेको अवस्थामा पहिरोले पुरेको वडाध्यक्ष टासी छोवाङ तामाङले बताए । घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ । मौस

इलाममा सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध

सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अन्तर्गत इलामको जिरो–धोबिधारा सडक खण्ड अवरुद्ध भएको छ ।

इलाममा सुख्खा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध

मेची राजमार्ग अन्तर्गत इलामको जिरो-धोबिधारा सडक खण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।