टोकियो ओलम्पिकः ब्राजिलले जित्यो फुटबलको स्वर्ण

एजेन्सी। माल्कोमले १०८औं मिनेटमा गरेको निर्णायक गोलमा ब्राजिलले आज स्पेनलाई २–१ ले हराउँदै ओलम्पिक पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ। निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएको थियो। ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा म्याथ्युज कुन्हाको गोलबाट अग्रता लियो। ६१औं मिनेटमा स्पेनका मिकेल ओयार्जाबलले बराबरी गोल फर्काएका थिए। ब्राजिलले रियो ओलम्पिकमा पनि स्वर्ण पदक जितेको थियो।