साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौँ । यही भदौ २१ गतेदेखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा तीन नयाँ खेलाडी डिफेण्डर समीक्षा घिमिरे, मिडफिल्डर दीपा शाही र फरवार्ड अमिसा कार्मीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् […]