सल्यानमा एक महिला मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

सल्यानमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको दार्मा गाउँपालिका वडा नं. ५ गौतेकी ३० बर्षीया खिमा खड्का असार १ गते बिहान स्थानीय ठोलो खोलामा मृत अबस्थामा फेला परेकी हुन्। जेठ ३१ गते बेलुकादेखि हराएकी खिमा खोला किनारमा मृत अवस्थामा फेला परेपछि परिवार जनले उनको बलात्कार पछि हत्या भएको दाबी गरेका छन् । सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले घटना शंकास्पद रहेको जानकारी दिए । आइतबार रिपोर्ट आइतबार मात्रै आउने र त्यसपछि खिमाको मृत्युको कारण भन्न मिल्ने डिएसपी थापाले बताए । खिमाका श्रीमान खिमबहादुर खड्का आठ...