सर्वोच्च परिसरमा कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी, ६ जना कानुन व्यवसायी घाइते (तस्बिरहरु)

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच बिहीबार सर्वोच्च अदालत परिसरमा घम्साघम्सी भएको छ। घम्साघम्सीका नेपाल बार एसोसियसनका महासचिव लीलामणि पौडेलसहित ६ जना कानुन व्यवसायीहरु घाइते भएका छन्। नेपाल बार एसोसियसनको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि दुईपक्षबीच घम्साघम्सीसँगै हात हालाहालको स्थिति उत्पन्न भएको हो। बारले सर्वोच्च परिसरमा पोडियम राखेर विरोधसभा […]

सम्बन्धित सामग्री

अब करको दायरामा कानुन व्यवसायी

काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद्ले पेसागत आचरणसम्बन्धी नयाँ नियमावली ल्याएको छ ।कानुन व्यवसायीहरूलाई पेसाप्रति थप जिम्मेवार बनाउन पहिलाको आचारसंहितालाई खारेज गरी नयाँ ल्याइएको हो । यसअघि कानुन व्यवसायीको आचारसंहिता २०५१ कार्यान्वयनमा थियो।सर्वोच्च अदालतको पूर्ण बैठकले स्वीकृत गरेपछि ‘पेसागत आचारणसम्बन्धी नियमावली २०७९’ कार्यान्वयनमा आएको हो । कानुनी पेसामा रहेका वरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ताहरूले के गर्न […]

सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका हरिशंकर निरौला निर्वाचित

२३ पुस, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित भएका छन् । बृहत लोकतान्त्रिक समावेशी, पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार निरौलाले प्रगतिशील,पेशागत तथा गणतान्त्रिक,लोकतान्त्रिक,समाजवादी र समावेशी कानुन व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता तुलसी भट्टलाई १४ मतान्तरले पराजित गरेका हुन् । निरौलाले २८९ मत पाए भने भट्टले २७५ मत पाए । […]

कानुन व्यवसायी भन्छन्–जबरालाई कुनै हालतमा अदालत छिर्न दिँदैनौं

काठमाडौं : संघीय संसद सचिवालयले महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएसँगै सर्वोच्च अदालत जान लागेका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई कानुन व्यवसायीले कुनै हालतमा रोक्ने बताएका छन्। उनीहरू अहिले सर्वोच्च अदालत परिसरमा भेला भइसकेका छन्। ‘हामी कानुन व्यवसायी यहाँ ठूलो संख्यामा छौं, हामी कुनै हालतमा उहाँलाई छिर्न दिँदैनौं, अधिवक्ता किर्तिनाथ शर्माले भने, उहाँ अहिले पनि निलम्बनमा हुनुहुन्छ।’उनले संसद सचिवालयले दिएको पत्र नै अवैधानिक भएको दाबी गरे। संसदले दफावार छलफ

आज पनि सर्वोच्चमा कानुन व्यवसायी र प्रहरीबीच ठेलमठेल

काठमाडौं, ३ मंसिर । आज पनि कानुन व्यवसायी र प्रहरीबीच ठेलमठेल भएको छ । कानुन व्यवसायीहरुलाई सर्वोच्च अदालत परिसरको धर्नास्थलमा प्रहरीले जान रोक्न खोजेपछि ठेलमठेल भएको हो । शुक्रबार सर्वोच्च परिसरमा बाक्लो सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । बिहीबार पनि कानुन व्यवसायीहरु र प्रहरीबीच धकेलाधकेल भएको थियो प्रहरीले लाठी चार्ज गर्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सहित […]

सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच झडप हुँदा दुईजना घाइते

काठमाडौँ । सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ। झडपमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएकका हुन् । घाइते महर्जनलाई न्युरो अस्पताल लैजाने तयारी भएको छ। प्रधानन्यायाधीशले वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च छिर्ने क्रममा उनलाई छेक्न गएका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको […]

प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्न नदिन आज दुबै ढोकामा धर्ना दिदै कानुन व्यवसायी

काठमाडौं, कार्तिक २८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएशनले आज सर्वोच्च अदालतको दुबै गेटमा धर्ना दिँने तयारी गरेको छ । शुक्रबार सर्वाेच्च छिर्ने मुख्य गेट छेकेर धर्ना बसेका कानुन व्यवसायीलाई छल्दै प्रधानन्यायाधी जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए । शुक्रबारको धर्नामा तनावको अवस्था समेत सिर्जना भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र […]

सर्वोच्चमा कानुन व्यवसायी र प्रधानन्यायाधीश समर्थकबीच घम्साघम्सी (तस्बिरहरु)

काठमाडौँ – सर्वोच्च अदालत परिसरमा आन्दोलनरत कानुन व्यवसायी र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका समर्थकबीच घम्साघम्सी भएको छ। सर्वोच्च परिसरमा कडा सुरक्षा व्यवस्थाबीच दुई पक्षबीच घम्साघम्सी भएको हो। नेपाल बार एसोसियसनमा आवद्ध कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालत छिर्नै नदिने उद्देश्यले मूल प्रवेशद्वारमै अवरोध गरेपछि राणाका समर्थकहरुले त्यसको प्रतिवाद गरेका हुन्। सर्वोच्चको मूल प्रवेशद्वारमै बारले धर्ना दिएपछि […]

एमाले निकट कानुन व्यवसायी संगठनमा खैलाबैला

१७ कात्तिक, काठमाडौं । न्यायालयको विवादबारे सार्वजनिक प्रेस विज्ञप्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) मा  खैलाबैला मच्चिएको छ । बुधबार बिहान पीपीएलएका कार्यबाहक अध्यक्ष रमा श्रेष्ठको नाममा जारी विज्ञप्तिमा सर्वोच्च अदालतमा इजलास नबसेकामा विरोध जनाइएको छ । त्यस्तै प्रधानन्यायाधीश र न्यायाधीशमाथि भागवण्डा र […]