राष्ट्रपतिको कदम असंवैधानिक : काँग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ ।संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको काँग्रेसले जनाएको हो । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले भने, ‘संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ

सम्बन्धित सामग्री

विपक्षी गठबन्धनको निर्णय : कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने

काठमाडौं। विपक्षी दलले प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको ठहर गरेको छ। आज संसद भवन नयाँ बानेश्वर बसेको सर्वदलीय बैठकले यो कदमको एकताबद्ध भएर राजनीतिक र कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो। १४८ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेकोप्रति गठबन्धनले निन्दा व्यक्त गरेको छ।

काँग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठक चलिरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक पौने १० बजेबाट बैठक जारी छ । प्रधानमन्त्रीको गतिविधि र राष्ट्रपतिको कदम असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल चलिरहेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर