विदेशी अस्पताल चहार्दै नेपालका विशिष्ट व्यक्ति, अलपत्र वीरको विशिष्ट उपचार कक्ष

काठमाडौं : स्वास्थ्य समस्या भएपछि यतिखेर राष्ट्रपति रामचन्द्र पौडेल दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचाररत छन्।यसअघि नियमित रूपमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका राष्ट्रपति पौडेल बुधबार निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र अन्य सहयोगीका साथ एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एम्स अस्पताल पुगेका हुन्।उनको गत १८ देखि २२ चैतसम्म शिक्षण अस्पतालमै भर्ना गरेर उपचार गरिएको थियो। एन्टीबायोटिक पूरा चलाउँदा समेत सुधार नभएपछि च