राहुघाटको बाँध निर्माण रोकियो

पहुँचमार्गमा पहिरो खसेपछि सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य रोकिएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदूर र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण रोकिएको हो । बुग्लमा करिब ३०० मिटर सडक पहिरोले पुरेको छ । आयोजना व्यवस्थापक राज विष्टले पहिराका कारण गत असारदेखि रोकिएको बाँध र अडिट–१ बाट सुरुङ निर्माणलाई अझै सञ्चालन गराउन नसकिएको बताए

सम्बन्धित सामग्री

राहुघाटको बाँध निर्माण रोकियो

राहुघाट । पहुँचमार्गमा पहिरो खसेपछि सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य रोकिएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिराका कारण मजदूर र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण रोकिएको हो ।