बजेट घाटाको अर्थशास्त्र

चालू आर्थिक वर्ष (आव) २०८०/८१ को मङ्सिरको अन्तिमसम्म सरकारको बजेट घाटा ७० अर्ब ४४ करोड नाघेको छ । यसअवधिमा सरकारले ४ खर्ब ५२ अर्ब ९८ करोड रुपैयाँ बराबरको बजेट खर्च गरिसकेको छ भने राजस्व र अनुदान गरी ३ खर्ब ८२ अर्ब ५४ करोड रुपैयाँ आमदानी गरेको छ । यसरी आमदानीभन्दा बढी खर्च गर्दा सरकार समस्यामा पर्छ तर कतिपय अवस्थामा धेरै देशले घाटाको बजेट नै बनाउँछन् । नेपालले पनि २१ दशकभन्दा बढी समयदेखि घाटाको बजेट बनाउँदै आएको छ । त्यसरी बनेको बजेटमा पनि लक्ष्यअनुसार सरकारले राजस्व उठाउन सकेको देखिन्न भने सरकारी खर्च बढेको बढ्यै छ । घाटाको बजेट बनाएर पनि पूँजी निर्माण गर्ने हो र रोजगारी सृजनामा योगदान दिने हो भने त्यो त्यति समस्या मानिँदैन । तर, नेपालमा सामाजिक सुरक्षाको नाममा बजेट वितरण हुन्छ र सरकारी कर्मचारीकै तलबभत्तामा बजेटको ठूलो अंश खर्च हुन्छ । त्यसैले यो निकै चुनौती बन्दै गएको छ ।  तुष्टीकरणको नीतिमा राजनीतिक नेतृत्व रमाइरहँदा मुलुकको अर्थतन्त्र जहिल्यै उपेक्षामा परिरहेको छ । त्यसैले बजेट घाटाको चिन्ता देखिँदैन । आर्थिक मन्दीका समयमा घाटाको बजेट बनाउने विश्वव्यापी प्रचलन नै छ । न्यून आर्थिक क्रियाकलापलाई चलायमान बनाउन नोट छापेर पनि बजेटको व्यवस्था गर्ने गरिन्छ । यसो गर्दा रोजगारी सृजना हुन्छ र मागमा वृद्धि गराउँछ । तर, नेपालको घाटाको बजेटले यी दुवै काम गराएको पाइँदैन । त्यसो हुँदा यो बजेट घाटा आर्थिक संकटको समाधान होइन, संकटको कारण बनिरहेको छ । त्यसमाथि लक्ष्यअनुसार राजस्व नउठेर बजेट घाटामा जानु चिन्ताको विषय हो । जुन जुन देशले उत्पादनभन्दा बढी वितरण गर्छ त्यो देशको अर्थतन्त्र कुनै पनि बेला समस्यामा पर्छ । खनिज तेलबाट धनी भएको भेनेजुएलाले अनुदान दिएर बजार सस्तो बनायो । तर, जब तेलको मूल्य घट्यो र उसको तेलले बजार पाउन गाह्रो भयो ऊ संकटमा फस्यो । श्रीलंकामा आर्थिक संकट आउनुका कारणमध्ये एउटा यस्तो वितरण पनि हो । नेपाल त्यही बाटोमा छ । ‘आमदानी अठन्नी खर्च रुपैयाँ’ भनेजस्तै सरकारले राजस्व बढाउन सकेको छैन तर उसको खर्च घट्ने कुनै लक्षण छैन । राजस्वको ठूलो अंश चालू बजेट र सामाजिक सुरक्षामै खर्च हुने गरेको छ । राज्यले नागरिकको सामाजिक सुरक्षामा ध्यान दिनु राम्रो हो । तर, सरकारको सामथ्र्य नभएको अवस्थामा यो निकै अप्ठ्यारो बोझ साबित हुन्छ । यस्तो खर्च घटाउने वा हटाउने हिम्मत कुनै पनि सरकारले गर्दैन । फलत: सरकार टाट पल्टिन सक्छ ।  नेपालको प्रशासन संयन्त्र निकै भद्दा छ, उत्पादनमुखी वा परिणाममुखी छैन । अर्थात्, सरकारले कर्मचारीको तलबभत्ताका लागि जेजति खर्च गर्छ त्यसअनुसार न सरकारी काम भएको छ न त जनताले राम्रो सेवा पाएको अनुभव नै गरेका छन् । त्यसमा पनि अनावश्यक सयौं संस्थाहरू छन् जसले अर्थतन्त्र वा प्रशासनयन्त्रमा केही पनि सहयोग गर्दैनन् । त्यस्ता संस्था खारेज गर्न वा एकीकरण गर्न सरकारले गठन गरेको सरकारी खर्च पुनरवलोकन आयोगले सुझाव दिएको छ । तर, त्यो सुझाव एकातिर थन्क्याएर सरकारले प्रशासनयन्त्रको आकार झनै बढाउँदै लगेको छ । संघीय सरकारले हेर्न नपर्ने कामका लागि पनि विभागहरू छन् र ती नै विभाग प्रदेशहरूमा पनि छन् । यस्तो दोहोरो प्रशासनका कारण खर्चमात्र बढेको छैन, कामको क्षेत्राधिकारलाई लिएर प्रदेशहरू असन्तुष्टसमेत बनेका छन् । यसले नेपालमा जहिले पनि राजनीतिक विवादलाई मात्र जन्माइरहने र तिनको समाधान अनन्तकालसम्म नहुने अवस्थालाई देखाउँदै छ । राज्य संयन्त्रले सबैभन्दा मुख्य कुरा अर्थतन्त्र हो भनेर नबुझेसम्म यस्तो समस्या रहिरहने देखिन्छ । तुष्टीकरणको नीतिमा राजनीतिक नेतृत्व रमाइरहँदा मुलुकको अर्थतन्त्र जहिल्यै उपेक्षामा परिरहेको छ । त्यसैले बजेट घाटाको चिन्ता देखिँदैन । पूँजीगत खर्चको दाँजोमा चालू खर्चको भारी बढेको बढ्यै भए पनि र पूँजीगत खर्च हुन नसके पनि कुनै राजनीतिक दलका लागि यो चिन्ताको विषय नबन्नु निकै दुर्भाग्य हो । अर्थतन्त्र पहिलो र राजनीतिक वा सामाजिक मुद्दा त्यसपछिको विषय भन्ने स्थापित नहुने हो भने मुलुक अगाडि बढ्नै सक्दैन । घाटा बजेटको खाडलमा थलिइरहनेछ । यसमा सबैको ध्यान जानु जरुरी छ । 

सम्बन्धित सामग्री

कस्तो बजेट आउला ?

अर्थ मन्त्रालय अहिले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणमा जुटेको छ । अहिले अर्थतन्त्रमा विशेष समस्या छ । समस्याको सही विश्लेषण गर्न सरकार असमर्थ भएको अनुभव हुन्छ । त्यसमा पनि जनता रिझाउने खालका कार्यक्रमले नै बजेटमा निरन्तरता पाउने सम्भावना बढी देखिएको छ । यद्यपि अर्थमन्त्रीले कार्यान्वयनयोग्य बजेट बनाउने बताउँदै आएका छन् । कुनै पनि अर्थमन्त्रीले आपूmले बनाएको बजेट कार्यान्वयनयोग्य छैन भनेको पाइँदैन । बरु बजेटको विरोध गर्नेको प्रतिरोध गरेको पाइन्छ । तर, त्यही बजेट कार्यान्वयन गर्न नसकी आकार नै घटाउने गरेका छन् । आफू सत्तामा हुँदा एउटा कुरा र सत्ताबाहिर हुँदा अर्कै कुरा गर्नु उनीहरूको प्रवृत्ति नै हो भन्दा हुन्छ । विष्णु पौडेल अर्थमन्त्री हुँदा नै अर्थतन्त्र समस्यामा परेको हो । तर, उनी अहिलेको सरकारको आलोचना गरिरहेका छन् । अर्थतन्त्र बिगार्नुमा अर्थमन्त्री युवराज खतिवडाको पनि भूमिका छ । उनले अर्थतन्त्र सम्हाल्न सकेनन् । तर, अहिले उनै सरकारको आलोचना गर्दै सुझाव दिइरहेका भेटिन्छन् । आपूmले गर्न नसक्ने अनि अरूलाई दोष थोपर्ने प्रवृत्तिले मुलुक कहिले पनि सही दिशामा अघि बढ्न सक्दैन । मुलुकमा समस्या छ । त्यो सबै आउनुमा सत्तामा पुगेका सबै दल जिम्मेवार छन् । त्यसो हुँदा जिम्मेवार बनी समस्याको गम्भीर विश्लेषण गरी सबै दलले समान धारणाका साथ अगाडि बढे मुलुक विकासको गतिमा अघि नबढ्ने होइन । यस्तो अवस्था अहिले देखिँदैन । अर्थशास्त्र पढेका अर्थमन्त्री भए पनि उनका भाषण र अभिव्यक्ति हेर्दा अर्थतन्त्र बुझेजस्तो देखिँदैन । अर्थ मन्त्रालयले गर्न नसकेको काम नेपाल राष्ट्र बैंकले गर्नुपर्छ भनेर दिएको उनको अभिव्यक्तिले नै आगामी बजेट अहिलेको समस्या समाधानका लागि प्रभावकारी कार्यक्रमका साथ नआउने संकेत मिल्छ । आनन्द श्रेष्ठ, नयाँबजार, काठमाडौं  ।

आर्थिक वर्षको अर्थशास्त्र

धनीले जिन्दगी आर्थिक वर्ष गनेर बिताउँछ तर गरिबले जिन्दगी छाक गनेर बिताउँछ भनिए पनि पँुजीवाद र भूमण्डलीकरणको यो युगमा धनी–गरिब सबैले आर्थिक वर्षको आवधिक चक्रभित्र बाँधिनुपर्छ । आर्थिक वर्षलाई विभिन्न सन्दर्भमा बजेट वर्ष, वित्तीय वर्ष वा लेखा वर्ष पनि भन्ने गरेको पाइन्छ । नेपाली बृहत् शब्दकोशले आर्थिक वर्षलाई नयाँ आर्थिक योजनामा प्रारम्भ गरिने वर्ष (नेपालमा […]

अर्थतन्त्र ‘कोल्याप्स’ हुने खतरामा, ५ महिनामै ‘हावादारी’ कहलिए अर्थमन्त्री

अर्थतन्त्र गम्भिर अवस्थामा पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदको अर्थ समितिमा शुक्रबार ७० करोड डलर ऋण लिने तयारी भईरहेको जानकारी गराउनुले नै अर्थतन्त्र कमजोर अवस्थामा पुगेको पुष्टि गरेको छ । तर, उनै अर्थमन्त्री शर्मा ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने र मासिक १० प्रतिशत विकास खर्च गर्ने दाबीका साथ निरन्तर प्रस्तुत भईरहेका छन् । यद्यपी, आर्थिक वर्ष ५ महिना बितिसक्दा पनि विकास बजेट ६.२२ प्रतिशत मात्रै खर्च भएको छ । अध्ययन बिना नै निर्देशनअर्थमन्त्री शर्माले विभिन्न मितिमा विभिन्न खालका निर्देशन दिँदै आएका छन् । तर, अपवाद बाहेकका निर्देशन उनले बिना अध्ययन दिने गरेको अर्थ मन्त्रालय मातहतका निकायका अधिकारीहरु नै बताउँछन् ।मन्त्री भएपछि २०७८ साउन २८ गते मन्त्री शर्माले आन्तरिक राजस्व विभागको ब्रिफिङ लिए । त्यतिबेला उनले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना मागे । तर, करको दायरा बढाउने ठाउँ कतै नभेटेपछि विभागले अर्थमन्त्रीको उक्त निर्देशन बुझाउन सकेन ।त्यसपछि पुनः भदौ ३० गते आन्तरिक राजस्व विभागको कार्यक्रममा अर्थमन्त्रीले यसबारे सम्झाए । तर, हालसम्म पनि विभागले आन्तरिक राजस्व दोब्बर बनाउने कुनै ठाउँ भेटेन र मन्त्रीको निर्देशन अनुसार कार्ययोजना बुझाउन सकेन । ‘अर्थमन्त्रीले अध्ययन कम, निर्देशन ज्यादा दिन थाल्नुभयो’ विभागका एक अधिकारीले भने, ‘दर बढाउँदा पब्लिकलाई मार पर्छ, यसले महँगी बढाउँछ । दायरा बढाउन ठाउँ छैन । अनि कहाँबाट ल्याउनु राजस्व डबल पार्ने योजना ?’मासिक १० प्रतिशत बजेट खर्चको हावादारी तर्कमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षको बजेट ल्याएपछि ‘पोष्ट बजेट छलफल’मा मासिक १० प्रतिशत विकास बजेट खर्च गर्ने भनिदिए । भदौ २७ गतेको कार्यक्रममा मन्त्री शर्माले मासिक १० प्रतिशत बजेट खर्च गर्ने र बजेट खर्च भए नभएको अनुगमन गर्न डिजिटल प्रविधिको प्रयोग गर्ने भनेर बोलिदिए ।मन्त्रीको यो भाषण सुनेपछि मन्त्रालयका अधिकारीहरु मात्रै होइन, विज्ञ र पूर्वअर्थमन्त्रीहरु नै चकित परे । तर, आजको मितिसम्म आईपुग्दा जम्मा ६.२२ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । यो मासिक १.२४ प्रतिशत मात्रै हो ।यसअघिःदलदलमा अर्थतन्त्र, ७० करोड डलर ऋण लिँदै अर्थमन्त्रीकार्तिक २३ गते तातोपानी भन्सार कार्यालय पुगेका उनले त्यहाँ पुगेर त झन २०० गुणा बढी राजस्व उठाउने आफ्नो लक्ष्य रहेको भनेर ‘प्वाक्क’ बोलिदिए । त्यसपछि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मिडियामै ‘अर्थमन्त्रीलाई कति भएपछि गुणा हुन्छ भन्ने नै थाहा रहेनछ’ भनेर टिप्पणी गरे ।त्यसपछि बेला बेलामा अर्थमन्त्री शर्माले पाण्डेप्रति लक्षित गर्दै अर्थशास्त्र नजानेको भनेर आलोचना गर्नेलाई काम गरेर देखाईदिने भन्दै आएका छन् । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ४५औँ साधारणसभामा पनि उनले आफूलाई अर्थतन्त्र नबुझेको अर्थमन्त्री भनेर आलोचना भईरहेको भन्दै आफूलाई अर्थशास्त्र जान्न जरुरी नै नभएको तर्क गरिदिए ।पछिल्लो समय सेयर बजारमा निरन्तर भारी गिरावट आईरहेको छ । यसतर्फ अर्थमन्त्री सकारात्मक देखिएका छैनन् । उनकै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयर बजारमा लगानी गर्नु भनेको साम्राज्यवादको विकसित रुप भएको भन्दै यसलाई निस्तेज पार्नुपर्ने भनिदिए । अहिले लगानीकर्ताहरुले पूँजीबजार विरोधीलाई ‘नो भोट’ अभियान नै चलाएका छन् ।यी केही प्रतिनिधिमूलक घटनाले अर्थमन्त्री शर्मालाई ५ महिनामै असफल मन्त्रीको रुपमा देखाईसकेको अर्थविद्हरु बताउँछन् ।

देशको बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ : अर्थमन्त्री शर्मा

काठमाडौं (अस) । अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्था रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी एवं अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार सम्मान कार्यक्रम’मा अर्थमन्त्री शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकाले कोभिडपछिको पुनरुत्थानमा निजीक्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकिएको बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक पत्रकारहरूको क्रियाशील संस्था नाफिजले मुलुकको गतिविधिलाई सबै क्षेत्रबाट सकारात्मक तरिकाले सम्प्रेषण गर्न सहयोग गरेको बताए । अझै आर्थिक क्षेत्रमा गहन अध्ययन गरी उत्पादनशील क्षेत्रको प्रवद्र्धनमा जोड दिनुपर्ने उनको भनाइ थियो । नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले सरकार निजीक्षेत्र जस्तो सबल बन्न नसकेको भन्दै आर्थिक क्षेत्रमा समृद्धिका लागि साझेदारीका साथ अघि बढ्नपर्ने बताए । त्रिभुवन विश्वविद्यालयका केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख डा. शिवराज अधिकारीले पत्रकार सरकारको ‘वाचडग’को रूपमा रहने भएकाले नीति नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडका कारण आर्थिक क्षेत्रमा चुनौती सृजना भएको औंल्याए । अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले सरकारले सामाजिक सुरक्षामा समेत ध्यान दिई राहत समेत प्रदान गरेको बताए । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा क्रमिक रूपमा सुधार भइरहेको बताए । आर्थिक अभियानका सम्पादकीय निर्देशक गौतम सम्मानित यसैबीच, सोही कार्यक्रममा आर्थिक अभियान दैनिकका सम्पादकीय निर्देशक केशव गौतम सम्मानित भएका छन् । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले गौतमलाई सम्मान गरेका हुन् । विगत २ दशकदेखि आर्थिक पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप गौतमलाई सम्मान गरिएको हो । सो अवसरमा पत्रकार गौतमले आर्थिक पत्रकारले आर्थिक क्षेत्रमा खोजी गरी रिपोर्टिङ गर्नुपर्नेमा जोड दिए ।

विकासका मोडलमा नै त्रुटी : अर्थमन्त्री

काठमाडौं, (नेस)। अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विकास नहुनुमा कर्मचारीतन्त्र वा राजनीतिज्ञहरुको मात्र दोष नभएर हालसम्म बनाइएका विकासका मोडलमा नै त्रुटी रहेको औंल्याउनुभएको छ । मंगलबार नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हामी कहाँ कुन क्षेत्रको विकास कति र कहिले गर्ने भन्ने योजना यकिन नभइकन बजेट […]

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं  । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको तालिकादेखि सरकारी अधिकारीहरूबीच हरेक वर्ष कार्यसम्पादन सम्झौता गर्ने गरे पनि खर्च प्रणाली सुध्रन सकेको छैन । बजेट खर्चमा सुधार नभएपछि सरकारले समस्या खोतल्दै खर्चको मोडालिटी बनाउनेदेखि मन्त्रालयहरूलाई थप अख्तियारी दिनेसम्मको तयारी थालेको हो । अर्थमन्त्री जनार्दन शर्माका अनुसार बजेट खर्चलाई सुधार्न प्रत्येक महीना १० प्रतिशतका दरले बजेट खर्च गर्नेगरी नीति बनाउन लागिएको छ । खर्च नहुने ठाउँमा पैसा राख्ने र खर्च हुने ठाउँमा पैसा नराख्ने खालको प्रवृत्ति सच्याउने गरी अर्थ मन्त्रालयले गृहकार्य थालिसकेको छ । ‘प्रत्येक महीना कम्तीमा १० प्रतिशत बजेट खर्च गर्नुपर्छ भत्रे नीति मैले निर्माण गरिरहेको छु, प्रत्येक महीना १०/१० प्रतिशत खर्च गर्दा पनि १० महीनामा सय प्रतिशत खर्च हुन्छ । त्यसो गर्‍यो भने बजेट खर्च हुन सक्छ,’ मंगलवार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको सरकारको पूँजीगत खर्चसम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री शर्माले भने । उनका अनुसार समग्र विकास रणनीति स्पष्ट नभएकाले पनि पूँजीगत खर्च गर्न चुनौती थपिदिएको छ । शर्माका अनुसार अर्थ मन्त्रालयले सबै अधिकार आफैसँग राख्नाले पनि समस्या भएको छ, अन्य मन्त्रालयहरूलाई र मन्त्रालयहरूले सम्बद्ध परियोजनालाई आवश्यकताअनुसार बजेट हेरफेर गर्न दिनुपर्ने र आगामी दिनमा अर्थ मन्त्रालयले उक्त अधिकार अन्य मन्त्रालयलाई दिने गरी काम थालेको उनले बताए । ‘कसरी चालू खर्च घटाउने र पूँजीगत बजेट बढाउने भत्रे एउटा चुनौती त छँदै छ, फेरि पूँजीगत बजेटको खर्च कसरी गर्ने भत्रे अर्को चुनौती पनि सँगसँगै छ । सरकार बदलिँदा, मन्त्री बदलिँदा रणनीति नै बदलिन्छ । योजना नै बदलिन्छ, समस्या यहाँनेर हो,’ उनले भने, ‘नेतामुखी, मन्त्रीमुखी योजना हुन्छ अनि कसरी त्यसले समयमा लक्ष्य प्राप्त गर्छ भत्रे समस्या छ ।’ प्रोजेक्ट प्रमुखलाई अधिकार दिएर पठाउनुपर्ने, राम्रो÷नराम्रोको मूल्यांकन गर्नुपर्ने उनले बताए । पुरस्कृत र कारबाहीको मूल्यांकन गर्ने परिपाटी नहुँदा पनि बजेट खर्चमा समस्या आएको बताउँदै उनले भने, ‘अर्थ मन्त्रालयले आफूले सबै अधिकार मुठ्याएर राख्ने, तल नदिने गर्दा पनि समस्या भएको हो ।’ शर्माका अनुसार राष्ट्रिय हितलाई ध्यानमा राखेर वैदेशिक लगानी खुला गर्नुपर्ने बताए । राष्ट्र र जनताको अहितसँग सम्बद्ध शर्त छन् भने त्यस्तो लगानीको सन्दर्भमा समेत विचार गर्नुपर्ने अर्थमन्त्री शर्माले बताए । विश्वविद्यालय अनुसन्धान केन्द्रित हुनुपर्ने बताउँदै मन्त्रालयले अनुसन्धानका विभित्र शाखा बनाउनुपर्ने कुराको अन्त्य गर्दै विश्वविद्यालयलाई अनुसन्धानमा क्रियाशील गराउनुपर्नेमा उनले जोड दिए ।

चुनौतीको कठघरामा बजेट

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट पढिसकेपछि मलाई एक मित्रले आशामिश्रित स्वरमा सोधे, ‘बजेट कस्तो लाग्यो ?’ मसँग तयारी उत्तर थिएन । भाषण र रकम विनियोजनकै आधारमा म उनलाई उत्तर दिने पक्षमा पनि थिइनँ । सामान्य टीकाटिप्पणीपछि बजेटका केही पक्ष, खासगरी शिक्षाबारे के छ नयाँ व्यवस्था भनेर खोतल्न मन लाग्यो । शिक्षा–अर्थशास्त्र मेरो अध्ययनको विषय पनि हो ।

अर्थशास्त्रले डोर्‍याएको बजेट

बजेट अर्थव्यवस्था सञ्चालनको प्रमुख औजार हो भने अर्थशास्त्र अर्थव्यवस्था सञ्चालनको प्रमुख शास्त्रगत उपकरण । यो नितान्त राजनीतिक उद्देश्य हासिल गर्ने अर्थराजनीतिक विधा हो ।

नेपालको अनुसन्धान बजेट कति ?

नेपालमा अध्ययन अनुसन्धानमा वार्षिक कति बजेट खर्च गरिन्छ भन्ने एकीन तथ्यांक छैन । सरकारी निकायको अनुसन्धान तथा विकास (आर एण्ड डी) अर्थशास्त्र कत्रो छ भन्ने पनि कुनै अभिलेख छैन । सरकारबाहेकका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय तथा निजी क्षेत्रको अध्ययन अनुसन्धानको थैलीको पनि अभिलेख थाहा हुँदैन ।