रुस–युक्रेन संकट : नेटोले पूर्वी यूरोपमा युद्ध पोत र लडाकु विमान पठायो

युक्रेन मुद्दाबारे रुस र पश्चिमा देशबीच जारी तनाव बढेको छ ।  सोमबार नेटोले पूर्वी युरोपमा अतिरिक्त लडाकू विमान र युद्ध पोत तैनाथीको घोषण गरेसँगै युक्रेन संकट थप गहिरिएको बीबीसीले जनाएको छ। उता, युक्रेनमाथि रुसको हमलाको आशंकाका बीच आयरल्यान्डले पनि आफ्नो तटीय क्षेत्रमा युद्ध जस्तो अवस्था उत्पन्न हुन नदिने जनाएको छ ।  युक्रेनमाथि रूसी हमलाको अवस्थामा अमेरिका र युरोपीय संघ कडा जवाफी कार्वाहीको लागि साझा कदम उठाउने सम्भावना बारे छलफल गरिरहेका छन् । रुसले आफ्नो छिमेकी देश युक