'ए’ डिभिजन लिग फुटबल : लगातार चौथो जितको दाउमा हिमालयन शेर्पा

लगातार तेस्रो खेलमा जित निकालेको हिमालयन शेर्पा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौ चरणको खेलमा आईतबार थ्रीस्टार क्लबविरुद्ध खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको एक मात्रै खेल अपरान्ह पौने ५ बजे सुरुहुनेछ । लिगमा शेर्पा तीन खेलयता अपराजित छ । उसले तीनै खेलमा शत प्रतिशत अंक जोडेको छ । थ्रीस्टार समेत पाँच खेलयता अपराजित छ । पछिल्लो खेलमा जावलाखेलविरुद्ध स्पष्ट तीन अंक हाँसिल गरेको थ्रीस्टार आफ्नो लय कायम राख्न चाहन्छ । थ्रीस्टारका प्रशिक्षक उर्जन