ट्रकको ठक्करबाट बालिकाको मृत्यु, आक्रोशित स्थानीयले ट्रक जलाइदिए

चितवन : भरतपुरमा ट्रकले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख १३०६ नम्बरको ट्रकले सडकमा रहेकी २ वर्षे बालिकालाई आज दिउँसो करिब १ बजे  ठक्कर दिएको हो।भरतपुर महानगरपालिका वडा नम्बर १२ का विनोद जोशीका दुई वर्षे छोरीको ठक्करबाट मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख भगवानराज थापाले जानकारी दिए। बालिकालाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका छन्।ट्रक जलेर ध्वस्त भएको छ।

सम्बन्धित सामग्री

ट्रकको  ठक्करबाट बालिकाको  मृत्यु

शनिबार बाँकेमा ट्रकको  ठक्करबाट एक  बालिकाको  मृत्यु  भएकोे छ  । जिल्लाको  कोहलपुर–११ बसपार्कस्थित  सडकमा  ट्रकले  ठक्कर  दिँदा  बर्दिया  ठाकुरबाबा नगरपालिका २  भुरिगाउँकी तारादेवी  बोहराकी  १२ वर्षीया छोरी  सिमा  बोहराको  मृत्यु भएको  हो  ।  प्रदेश १–०२००१ ख  ९२२९ नम्बरको  ट्रकले  ठक्जर  दिई  गम्भीर  घाइते  बालिकालाई  मेडिकल  कलेज कोहल

ट्रकले ठक्कर दिँदा विद्यालयबाट घर फर्किँदै गरेकी बालिकाको मृत्यु

धनगढी– विद्यालयबाट घर फर्किँदै गर्दा ट्रकको ठक्करबाट धनगढीमा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार अपरान्ह धनगढी–अत्तरिया ६ लेन सडकमा बा २ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा धनगढी–१३ की १६ वर्षीया बालिका सरस्वती कुँवरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार साइकलमा सवार […]

दुधौलीमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका ४ खनियामा ट्रकको ठक्करबाट सोमबार ३ वर्षीया बालिकाको मृत्यु भएको छ ।

गजुरीमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भिर घाइते

काठमाडौं, ९ मंसिर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा आज मालबाहक ट्रकको ठक्करबाट ११ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ । बिरगञ्जबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख १४९७ नम्बरको ट्रकको ठक्करबाट गम्भिर घाइते भएकी उनकी आमाको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । धादीङको सिद्धलेक गाउँपालिका–१ नलाङका कृपा अर्याल र मिठु अर्याललाई ट्रकले ठक्कर दिएको […]

कोहलपुर दुर्घटना : तनाव साम्य पार्न सुरक्षा समितिको बैठक बस्दै

काठमाडौं : बाँके कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यहाँको स्थिति तनाव ग्रस्त बनेको छ। आइतवार बिहान हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्दको मृत्यु भएको थियो। त्यसपछि विद्यार्थीको समूहले ट्रकमा आगजनी गरेको र प्रहरीमाथिसमेत आक्रमण शुरु भएको निमित्त

​दुर्घटनामा बालिकाको मृत्यु

धादिङ, माघ ३ –धादिङको धुनिबेशी नगरपालिका–५, मा बुधबार ट्रकको ठक्करबाट २ वर्षीय बालिकाको ज्यान गएको छ । बाँके बैजपुर स्थायी घर भई धुनिबेशी...