ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ

बाँकेको बैजनाथ गाउँपालिकाका एक वडा अध्यक्ष लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा ३ का अध्यक्ष रामशरण थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालले रातोपाटीलाई बताए ।खनालका अनुसार थारुसहित अन्य तीनजना पनि पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा सुरज थारु, ध्रुव थारु र सुन्दर थारु छन् । प्रारम्भिक अनुसन्धानमा चारै जना लागू औषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीको भनाइ छ । ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरुले लागू औषध भुइँमा फालेकाले&nbs