शेयर खरिद गरेको पैसा अबदेखि इसेवा मार्फत भुक्तानी

सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध रहेको र केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुने ईसेवाले जनाएको छ । ईसेवाका अनुसार इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताहरुले आफ्नो मोबाईल मार्फत सहजै रकम भुक्तानी गर्न सकिनेछ भने नजिकको इसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर्न सक्ने छन्। यसले गर्दा आम लगानीकर्तालाई रकम भुक्तानीकै लागी ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झञ्झटबाट मुक्ति मिल्ने ईसेवाको विश्वास छ । यो कारोबार रियलटाइममा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुबैलाई सहज हुने ईसेवाले जनाएको छ ।  लगानीकर्ताले इसेवामा रहेको टिएमएसमा क्लिक गरि फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ । त्यसपछि कोलाटरोल (आफुले तिर्ने रकम) उल्लेख गरि पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिनेछ । टिएमएसमा रकम पठाउन सकिने विषयमा इसेवाका विजनेस हेड आशिष गौतमले भने “ आर्थिक स्वाधिनतातिर लम्किरहेको समाजले सरल र सहज तरिकाले सेयर बजारको दोस्रो बजारमा करोबार गर्न मिल्ने गरि टिएमएसमा इसेवा जोडिएको छ । इसेवाले पनि आफ्नो दायरा फराकिलो बनाउँदै आम लगानीकर्तालाई सहज हुने किसिमका सेवा थप गर्दै गइरहेको छ ”। इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । 

सम्बन्धित सामग्री

प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंकले बढ्यो

साताको दोस्रो कारोबार हुने दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंक बढेको छ। आइतबार ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा बन्द भएको थियो । आजको प्रि ओपन सेसनमा २.९५ अंक बढेर १९६८.९३ बिन्दुमा पुगेको छ ।सेन्सेटिभ इण्डेक्स भने ०.६४ अंक बढेको छ। सोमबार प्रि ओपन सेसनमा १६ स्टकको १४ लाख ६१ हजार ४४८ रूपैयाँ ७९ पैसा बराबरको ३ हजार २४० कित्ता शेयर खरिद बिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर छ।

टिएमएसमा थपियो आइएमई पे, ब्रोकरलाई भुक्तानी र कोल्याट्रल लोडको सुविधा

आइएमई पे मार्फत पनि शेयर खरिद गरेको पैसा तिर्न सकिने भएको छ ।  शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई शेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्ने भएका हुन् ।हाल यो सुबिधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेको कम्पनील  जनाएको छ । आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले उल्लेख गरेको छ। टिएमएसमा पैसा लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले शेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको शेयर बजारलाई डिजीटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले बताए । यो भुक्तानी रियल-टाईममा हुने भएकोले ब्रोकर तथा शेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्ने कपनीले जनाएको छ। कम्पनीका अनुसार यो सुविधा प्रयोग गर्ने शेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शुल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ।

एचआईडिसीएलको ३ करोड ३० लाख कित्ता शेयर असार ५ देखि लिलाममा आउने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले असार ५ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित ३ करोड ३० लाख कित्ता संस्थापक शेयरहरु असार ५ गतेदेखि असार १९ गतेसम्म लिलाम बढाबढमा बिक्रि गर्ने लागेको हो ।  यस शेयरमा जो कोहि लगानीकर्ताले आवेदन दिन पाउने भएपनि यो कम्पनीको संस्थापक् शेयर हो ।  अबदेखि कम्पनीको संस्थापक शेयर HIDCLP सिम्बलबाट र साधारण शेयर HIDCL सिम्बलबाट कारोबार हुने छ । कम्पनीले संस्थापक शेयरधनीहरुको शेयर नयाँ संकेत अनुसार संस्थापक शेयरधनीको खातामा जम्मा भईसकेको जनाएको छ । कम्पनीका अनुसार बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा रहनेछन्। उक्त शेयर बाँडफाँट भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् “HIDCLP' सङ्केतमा कारोबार गर्न योग्य हुने छ र प्रबन्धपत्रको दफा ६ को खण्ड (छ) मा भएको व्यवस्था अनुसार नेपाल स्टक एक्सचेञ्ज मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा नै रहनेछन्। उक्त शेयरमा आवेदन दिंदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संस्थाले आवेदन दिने हकमा आवेदनको साथमा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, प्यान नं. (PANNo.) र शेयर खरिद गर्ने सम्बन्धी माइन्यूट संलग्न गर्नु पर्नेछ । गुड फर चेक दिने लगानीकर्ताले चेक क्लियारिंग शुल्क पनि बुझाउनु पर्ने छ । आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।आवेदन फारम ग्लोबल आइएमई क्यापीटल , नक्साल तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू क्रमशः विर्तामोड , हनुमानदास रोड, - विराटनगर, जनकपुर, आर्दशनगर-वीरगंज , हेटौडा , नारायणगढ , न्यूरोड-पोखरा, बुटवल-मिलनचोक, बाग्लुङ्ग, नेपालगंज-त्रिभुवन चोक ,  सुर्खेत, घोराही, दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट लिन तथा बुझाउन सकिने छ ।कम्पनीले फागुन १ गतेदेखि  ३ करोड ३० लाख कित्ता संस्थापक शेयर लिलाममा ल्याएको थियो । यस अघिको हकप्रदमा तथा लिलाममा पनि  बिक्रि नभएको ३ करोड ३० लाख कित्ता शेयर कम्पनीले फागुन १ देखि पुन: लिलामीमा ल्याएको थियो । कम्पनीको गत माघ २० गते बसेको संचालक समितिको बैठकले बिक्रि नभएको संस्थापक समुहको शेयर फागुन १ देखि पुन: लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रि गर्ने निर्णय गरेको थियो । इच्छुक तथा योग्य जो कोहि व्यक्ति तथा संस्थाले फागुन १ गतेदेखि फागुन १५ गतेसम्म लिलाम बढाबढमा भाग लिन पाउने ब्यबस्था थियो। तर लिलाम बिक्रि बन्द हुनु २ कार्य दिन अगाडी नेपाल धितोपत्र बोर्डले निर्देशन दिएपछि सम्पूर्ण लिलाम प्रक्रिया स्थगित भएको थियो । पछि बोर्डले आवेदकलाई पैसा फिर्ता गर्न निर्देशन दिएपछि लिलाम प्रक्रिया थप अनिश्चित बनेको थियो । अब भने शेयर लिलाम प्रक्रिया पुन: सुचारु हुन लागेको हो। कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन परेको थिएन।कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।

अब एचआईडिसीएलको शेयर कारोबार २ वटा सिम्बलबाट हुने, संस्थापक शेयरको छुट्टै संकेत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को संस्थापक र सर्बसाधारण शेयर फरक फरक संकेत मूल्यबाट कारोबार हुने भएको छ । अबदेखि संस्थापक शेयर HIDCLP सिम्बलबाट र साधारण शेयर HIDCL सिम्बलबाट कारोबार हुने भएको हो ।कम्पनीले संस्थापक शेयरधनीहरुको शेयर नयाँ संकेत अनुसार संस्थापक शेयरधनीको खातामा जम्मा भईसकेको जनाएको छ ।  उता कम्पनीले हकप्रदमा अवितरित ३ करोड ३० लाख कित्ता संस्थापक शेयरहरु असार ५ गतेदेखि असार १९ गतेसम्म लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ ।   उक्त शेयरमा आवेदन दिंदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संस्थाले आवेदन दिने हकमा आवेदनको साथमा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, प्यान नं. (PANNo.) र शेयर खरिद गर्ने सम्बन्धी माइन्यूट संलग्न गर्नु पर्नेछ । आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।कम्पनीका अनुसार बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा रहनेछन्। उक्त शेयर बाँडफाँट भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् “HIDCLP' सङ्केतमा कारोबार गर्न योग्य हुने छ र प्रबन्धपत्रको दफा ६ को खण्ड (छ) मा भएको व्यवस्था अनुसार नेपाल स्टक एक्सचेञ्ज मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा नै रहनेछन्।कम्पनीले फागुन १ गतेदेखि  ३ करोड ३० लाख कित्ता संस्थापक शेयर लिलाममा ल्याएको थियो । यस अघिको हकप्रदमा तथा लिलाममा पनि  बिक्रि नभएको ३ करोड ३० लाख कित्ता शेयर कम्पनीले फागुन १ देखि पुन: लिलामीमा ल्याएको थियो । कम्पनीको गत माघ २० गते बसेको संचालक समितिको बैठकले बिक्रि नभएको संस्थापक समुहको शेयर फागुन १ देखि पुन: लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रि गर्ने निर्णय गरेको थियो । इच्छुक तथा योग्य जो कोहि व्यक्ति तथा संस्थाले फागुन १ गतेदेखि फागुन १५ गतेसम्म लिलाम बढाबढमा भाग लिन पाउने ब्यबस्था थियो। तर लिलाम बिक्रि बन्द हुनु २ कार्य दिन अगाडी नेपाल धितोपत्र बोर्डले निर्देशन दिएपछि सम्पूर्ण लिलाम प्रक्रिया स्थगित भएको थियो । पछि बोर्डले आवेदकलाई पैसा फिर्ता गर्न निर्देशन दिएपछि लिलाम प्रक्रिया थप अनिश्चित बनेको थियो । अब भने शेयर लिलाम प्रक्रिया पुन: सुचारु हुन लागेको हो। कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन परेको थिएन।कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।

मर्जमा जाने चर्चाको कारण मेगा बैंकको शेयर मूल्यमा सर्किट, को हो पार्टनर ?

बिहिबार मेगा बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मेगको शेयर मूल्य १० प्रतिशत अर्थात् २२ रुपैयाँ ५० पैसाले बढेर २४७ रुपैयाँ ५० पैसामा बन्द भएको छ ।आज मेगाको २ लाख २५ हजार ६ सय २८ कित्ता शेयर खरिद बिक्रिबाट ५ करोड ४२ लाख १४ हजार ४ सय ६२ रुपैयाँको कारोबार भएको छ ।नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने चर्चा चलेपछि मेगा बैंकको शेयर मूल्यमा सर्किट लागेको बताईएको छ । स्रोतका अनुसार इन्भेष्टमेन्ट र मेगा बीचको मर्जरको लागि प्रारम्भिक स्वाप पनि तय भईसकेको छ । हिमालयन बैंकसँगको मर्जर टुटेपछि इन्भेष्टमेन्टले मेगासँग मर्जरको लागि प्रक्रिया अगाडी बढाएको स्रोतको दाबी छ। ९० प्रतिशत हाराहारीको स्वापमा प्रक्रिया अगाडी बढेको तर यसमा केहि तलमाथि पनि हुन सक्ने स्रोतको भनाई छ  ।हाल इन्भेष्टमेन्ट बैंकको भने कारोबार रोक्का छ । बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने निर्णय गरेपछि बैंकको कारोबार रोकिएको थियो । मर्जर भाडिएपछि अझै पनि कारोबार रोक्का छ । यद्यपि नेपाल राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकको आधारभूत शेयरधनीको कारोबार रोक्का राखेर अन्य शेयर फुकुवा गर्न सकिने पत्र पठाएपछि नेप्से र सिडीएसले सोहि अनुसार बैंकको कारोबार खुलाउन तयारी गरिरहेको छ । इन्भेष्टमेन्ट बैंकको अन्तिम कारोबार मूल्य ४०८ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रोभिडेन्ट मर्चेन्ट बैंकिङको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ लिमिटेडले आर्थिक वर्ष ०७७/७८ मा ६३ लाख ३३ हजार रुपैयाँ मुनाफा गरेको छ । मंगलबार राजधानीको नयाँ बानेश्वरस्थित कार्यालयमा गरेको सातौं र आठौं साधारणसभामा कम्पनी अध्यक्ष तथा कार्यकारी प्रमुख विमल तिवारीले उक्त जानकारी दिएका हुन् । कम्पनीको चुक्ता पुँजी ८ करोड रुपैयाँ छ । यस आधारमा कम्पनीले प्रतिसेयर आम्दानी ३ रुपैयाँ १७ पैसा रहेको छ । कम्पनीले गत वर्षको आम्दानीलाई जगेडा कोषमा राखेको छ । उक्त कोषबाट आगामी वर्ष बोनस वा डिभिडेन्ट वितरण गरिने कार्यकारी अध्यक्ष तिवारीले जानकारी दिए । साधारणसभाले आर्थिक वर्ष ०७७/७८ को प्रतिवेदन पारित गरेको छ । साधारणसभाले गत आवको लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आगामी आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । प्रोभिडेन्टले डिम्याट खाता खोल्ने सेवा, पोर्टफोलियो मानेजमेन्ट सेवा, निक्षेप सेवा, शेयर खरिद बिक्री तथा परामर्श सेवा र सेयर बजारसम्बन्धी तालिम उपलब्ध गराउँदै आएको छ ।

आइतबारको प्रि ओपन सेसनमा २६ कम्पनीको शेयर मूल्य बढ्यो

आइतबारको प्रि ओपन सेसनमा २६ कम्पनीको शेयर मूल्य बढेको छ । आजको प्रि ओपन सेसनमा ८ हजार १७ कित्ता शेयर खरिद बिक्रिबाट ८७ लाख १८ हजार १ सय ६१ रुपैयाँ ९१ पैसा बराबरको कारोबार भएको छ । प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये ३ कम्पनीको शेयर मूल्य घटेको छ । प्रि ओपन सेसनमा नेप्से सूचक ६.०८ अंकले बढेर २६८७.१९ को बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुने गरेको छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने ब्यबस्था छ ।

शेयर किनेर ब्रोकरलाई पैसा नतिरी बस्नु भएको छ ? भोग्नुपर्ला घाटाको ब्यापार !

शेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरुले शेयर खरिद गरेको रकम भुक्तानी गर्न ढिलासुस्ती गरेका छन् । करिब ३२ सयको बिन्दुमा रहेको बजार घटेर २७ सय हाराहारीमा आएपछि उच्च मूल्य तिरेर शेयर खरिद गरेका लगानीकर्ताहरुले आफुले खरिद गरेको शेयरको रकम भुक्तानी गर्न ढिलो गरेका हुन् । शेयर खातामा आईसक्दा धेरै घाटा हुने देखिएपछि लगानीकर्ताले रकम भुक्तानीमा चासो नदिएका हुन् । ब्रोकर संघका अध्यक्ष सन्तोष मैनालीका अनुसार लगानीकर्ताले तिर्न बाँकि रहको रकमको यकिन तथ्यांक नरहेपनि १० देखि १२ अर्ब रकम लगानीकर्ताले तिर्न बाँकि रहेको अनुमान गरिएको छ । लगानीकर्ताले समयमा भुक्तानी नगरिदिँदा ब्रोकरहरु भने समस्यामा परेका छन् । लगानीकर्तामा 'पैसा तिरेपछि मात्र शेयर खातामा आउँछ, पैसा नतिरेसम्म ब्रोकर कै खातामा रहन्छ, र जहिले पैसा तिर्यो त्यहि समयमा शेयर आउँछ, खरिद गर्दाको हकमा ब्रिकी गरेर शेयर ट्रान्सफर नगर्दामा जस्तो जरिवाना हुदैन' भन्ने बुझाई छ । जुन सत्य हो । तर  ब्रोकरलाई समस्या परेमा ब्रोकरले लगानीकर्ताले किनेको तर पैसा नदिएको शेयर बिक्रि गरिदिन सक्छ । यसो हुँदा लगानीकर्ताले पछि पैसा तिरे पनि अगाडी किनेको शेयर पाउदैनन् । अभौतिक धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यविधि, २०७४ मा यस्तो ब्यबस्था रहेको छ । जसमा राफसाफ सदस्यलाई लिखित तथा विद्युतीय माध्यमबाट आदेश दिई खरिद गरेको धितोपत्रको भुक्तानी नदिएमा सो कारोबारको राफसाफ तथा फछ्र्यौट गर्ने जिम्मेवारी सम्बन्धित राफसाफ सदस्य स्वयंको हुने उल्लेख छ ।खरिदकर्ता ग्राहकले राफसाफ सदस्यलाई आफूले खरिद गरेका धितोपत्रहरुको भुक्तानी नदिएमा त्यस्ता धितोपत्रहरु जम्मा गर्ने प्रयोजनको लागि मात्र राफसाफ सदस्यले छुट्टै एउटा हितग्राही खाता खोल्न सक्ने ब्यबस्था कार्यविधिले गरेको छ ।ग्राहकले खरिद गरेको धितोपत्रको भुक्तानी T+2 भित्र नदिएमा सदस्य दलाल÷राफसाफ सदस्यले T+3 पश्चात सिडिएससिबाट स्वीकृति लिई उक्त धितोपत्र राफसाफ सदस्यको सो प्रयोजनको लागि खोलिएको हितग्राही खातामा सार्न सक्नेछ । यसरी सारिएको धितोपत्रहरु नेप्सेको स्वीकृतिमा बिक्री गर्न सकिने ब्यबस्था कार्यविधिले गरेको छ । अर्थात् ग्राहकले रकम भुक्तानी नगरेमा ब्रोकरले त्यस ग्राहकले खरिद गरेको शेयर नेप्सेको स्वीकृति लिएर बिक्रि गरिदिन सक्छ  ।यसरी ब्रोकरले शेयर बिक्रि गर्दा  नाफा हुन गएमा नाफा बराबरको रकम राफसाफ प्रत्याभुती कोषमा राखिने छ । तर घाटा भएमा घाटा भए बराबरको रकम सदस्य दलालले सम्बन्धित ग्राहकबाट असुल गर्ने ब्यबस्था कार्यविधिले गरेको छ ।ब्रोकर संघका अध्यक्ष मैनालीका अनुसार यो भनेको ब्रोकरको लागि रकम असुल गर्ने अन्तिम विकल्प हो, जुन कहिलेकाही मात्र प्रयोग हुन्छ । ब्रोकरले शेयर बेचिदिने कि नबेचिदिने भन्ने बारे ब्रोकरले नै बजारको अवस्था, शेयरको प्रकृति र रकम हेरेर निर्णय गर्ने उनी बताउछन् । यदि ग्राहकको मनस्थिति नै रकम नतिर्ने देखियो भने मात्र शेयर बेच्ने उनी बताउछन् । शेयर बेच्नु अगाडी यदि त्यो शेयरले भविष्यमा राम्रो रिटर्न दिने वाला छ, वा भाउ बढ्ने सम्भावना छ भने त्यसको विश्लेषण गरेर ब्रोकरले शेयर होल्ड गर्न ओअनी सक्ने उनी बताउछन् । तर ग्राहकले पैसा नतिर्ने मनस्थिति बनाई सकेको तथा धेरै नै घाटा भईसकेको अवस्थामा अझै होल्ड गर्दा घाटा बढ्ने हो भने ब्रोकरले अवस्था हेरेर उक्त शेयर बेच्ने उनको भनाई छ । हालसम्म यसको धेरै प्रयोग नभएको तर अब पनि बजारमा सुधार नदेखिएमा भुक्तानी समयमा नआउने समस्या बढ्ने भएकोले यसको प्रयोग बढ्न सक्ने उनी बताउछन् ।