एमाले कार्यकर्ता पक्राउ परेपछि भरतपुरको मतगणना अवरुद्ध

नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध बनेको छ । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका छन् । मतगणना स्थलमा तोकिएको अधिकारीबाहेक प्रवेश निषेध गरिएको छ । तर ती प्रतिनिधि अनाधिकृत रुपमा प्रवेश गरेपछि प्रहरीले तत्का

सम्बन्धित सामग्री

भरतपुरमा एमाले कार्यकर्ता रिहापछि मतगणना सुरु

भरतपुर महानगरपालिकामा अवरुद्ध भएको मतगणना फेरि सुरु भएको छ । नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि मतगणना अवरुद्ध भएको थियो ।प्रहरीले नियन्त्रणमा लिएका एमाले कार्यकर्तालाई रिहा गरेपछि मतगणना सुरु भएको हो । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्कने क्रममा मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।