वरिष्ठ अधिवक्ताको उपाधि दिने प्रक्रियामा न्यायाधीश ईश्वर खतिवडाको फरक मत,  'भने मापदण्ड पूरा भएन' :: Pahilopost.com

काठमाडौं: सर्वोच्च अदालतको बिहीबार २७२ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको प्रक्रियामा एक न्यायाधीशले फरक मत राखेका छन्। अदालतले नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० अनुसार अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको थियो। सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले उपाधि वितरणमा फरक मत राखेका हुन्। उनको असहमतिलाई फरक मतका रुपमा माइन्युट