प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा 'एमीकस क्युरी' झिकाउन आदेश

काठमाण्डाै – सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइका लागि अदालतकाे सहयाेगी (एमिकस क्युरी) झिकाउन आदेश गरेको छ । संवैधानिक इजलासले एमिसक क्युरीका रूपमा नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बारबाट दुई?/दुई जना वरिष्ठ अधिवक्तालाई झिकाउन आदेश गरेको हो ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको इजलासले एमीकस क्युरी झिकाउने आदेश गरेको हो । यसअघि गएकाे पुस ५ गतेको प्रतिनिधि सभा विघटन मुद्दामा ५ ...