एनएसीले पहिलाेपटक भित्र्यायो वाइडबडी विमान

१४ असार, काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी) ले पहिलाेपटक वाइडबडी विमान नेपाल भित्र्याएको छ । ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । विमानकाे पूजा-अाजासमेत गरिएकाे छ । निगमले …