नेपालमा थप १२ जनामा कोरोना भाइरसको फरक रूप देखियो

काठमाण्डाै – नेपालमा थप १२ जनामा कोरोना भाइरसको फरक रूप देखिएको छ । यसअघि बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस 'यूके भेरिएन्ट' को सङ्क्रमण पुष्टि भएकोमा उनीहरूको सम्पर्कमा रहेका १२ जनामा कोरोना भाइरसको नयाँ रूप देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ती १२ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अनुवांशिक (जिन सिक्वेन्सिङ) गर्ने तयारी थालिएको पनि डा. गौतमले जानकारी दिनुभयो । उनीहरू सबैको अव...

सम्बन्धित सामग्री

सामान्य रुघाखोकी र कोरोना भाइरसको लक्षणमा के फरक ?

काठमाडौं–अहिले मौसमी फ्लुको जोखिम बढेको छ । मौसमी फ्लु र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रममण भयो कि भन्ने शंका धेरैमा छ । मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ? मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल संक्रमण (इन्फेक्सन) हो । तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु पर्दैन । […]

कोरोना भाइरस, रुघा, फ्लु र मौसमी एलर्जीका लक्षणमा के फरक हुन्छ ?

५ माघ, काठमाडौं । कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । रुघा, खोकी लाग्नु, ज्वरो आउनु र शरीर दुख्नु कोरोना भाइरसको ओमिक्रोन भेरियण्टका सामान्य  लक्षण हुन् । तर, यस्तो मौसमी फ्लुका कारण पनि हुने चिकित्सकहरु बताउँछन् । मौसमी फ्लु र कोरोना भाइरस ओमिक्रोनका एकै प्रकृतिका लक्षण हुँदा कुन मौसमी फ्लु र कुन […]

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दुई वर्षयता विश्वलाई हल्लाइरहेको कोरोना भाइरस सङ्क्रमण न्यून गर्न खोप अभियान चलिरहेको र यसले नियन्त्रण पनि भैरहेको अवस्थामा सङ्क्रमणको उच्च जोखिम रहेको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई भेरियन्ट अफ कन्सर्न घोषणा गर्दै ‘ओमिक्रोन’ नाम दिएको छ । यो भाइरस सुरुमा चीनको वुहानमा देखिएको भाइरसभन्दा उग्र रूपमा फरक रहेको …

अमेरिकाका नेपालीहरूले यसरी मनाए ‘धन्यवाद दिवस’

गत बर्ष कोरोना भाइरसको चरम प्रभावमा परेको अमेरिकामा यस बर्ष खोप आएको र धेरैले खोप लगाई सकेको हुनाले नेपालीहरुले ‘धन्यवाद दिवस’ अर्थात् ‘थ्याङ्कसगिभिङ् डे ‘ मनाएका छन् । अझ पनि कोरोना भाइरस महामारी पुरै नहटेकोले हुनाले सीमित परिवार सदस्यहरुको जमघटमा धन्यवाद दिवस मनाएका छन् ।अमेरिकामा विभिन्न राज्यहरुमा समयको फरक हुने हुनाले मनाउने क्रम अझ जारी छ । आफन्त भेट्न र महत्वपूर्ण चाड भएकोले आवतजावत गर्ने क्रम गत वर्षभन्दा अत्यधिक वृद्धि भएको छ ।अमेरिकामा इसाई पर्व (क्रिसमस)पछिको द

पर्यटनमा आशा : होटेलले माग्न थाले कर्मचारी

काठमाडौं । कोरोना भाइरसको संक्रमण कम हुँदै गएको र पर्यटन क्षेत्रमा झीनो सुधार देखिन थालेकाले काठमाडौं उपत्यकासँगै मोफसलका होटेल तथा रिसोर्टहरूले कर्मचारी माग गर्न शुरू गरेका छन् । खासगरी काठमाडौं उपत्यका बाहिरका होटेलहरूले कर्मचारी माग गर्न थालेका हुन् । बन्दाबन्दी तथा निषेधाज्ञाको अवस्थामा न्यूनतम कर्मचारीहरू राखेर र चक्रीय प्रणालीमा श्रमिक राखी काम गर्दै आएको होटेल क्षेत्रले अहिले कर्मचारीहरू माग्न थालेका हुन् । काठमाडौंको हायात रिजेन्सी होटेल, ¥याडिसन होटेल कालिमाटीजस्ता होटेलले कर्मचारी माग गरेका छन् । हायात रिजेन्सी काठमाडौंले इभेन्ट सर्भिस म्यानेजरदेखि इन्डियन सेफसम्मका कर्मचारी माग गरेको छ । सुनसान रहेको ठमेलका होटेलले पनि कर्मचारी माग गरेका छन् । काठमाडौंको ठमेलमा अवस्थित तीनतारे मस्र्याङ्दी होटेलले पनि कर्मचारीको विज्ञापन खुलाएको छ । काठमाडौंकै होटेल क्राउन इम्पेरियल, याक एन्ड यति होटेल पनि कर्मचारी माग गरेका छन् । यसरी कर्मचारीहरू माग गर्नेमा मोफसलका होटेलहरू बढी छन् । सिद्धार्थ हस्पिटालिटी ग्रूपले कर्मचारी माग गरेको छ । होटेल सिद्धार्थले नेपालगञ्जका लागि कर्मचारी माग गरेको हो । लामो समयसम्म हिँडडुल गर्न नपाएका मानिस घुमघामका लागि निक्लन थालेकाले अहिले आन्तरिक पर्यटन लयमा छ । यसले गर्दा पोखरा, चितवन, तराई भेगका होटेलहरूले कर्मचारी माग गरिरहेका छन् । बुटबलको ड्रिम इन्टरनेशनल होटेलले धेरै संख्यामा कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ । होटेलले ६५ जना कर्मचारी माग गरेकोे छ । उपत्यका नजिकको गन्तव्य धुलिखेलको आगन्तुक रिसोर्टले पनि कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ । नयाँ होटेलहरूले कर्मचारी माग गरिरहेको होटेल व्यवसायीहरू बताउँछन् । कोरोना भाइरस संक्रमणको घट्दो अवस्था छ र अनअराइभल भिसाका कारण पर्यटन क्षेत्रमा सुधार देखिएको छ । आन्तरिक पर्यटनका गतिविधि पनि बढेको छ । त्यसैले गर्दा मोफसलमा कर्मचारी माग गरिएको होटेल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । उनले बन्दाबन्दी र निषेधाज्ञापछि होटेलहरूमा कर्मचारी तथा श्रमिक कति फर्किए भन्ने विषयमा तिहारपछि अध्ययन गरिने जानकारी दिए । बन्दाबन्दी र नाकाबन्दीमा ५ देखि १० प्रतिशत मात्रै कर्मचारी राखेर होटेल खुला गरेका होटेलहरूले कर्मचारीहरू पुनः राख्न थालेका छन् । पर्यटकको वृद्धि देखिएको हुँदा व्यवसायमा हौसला बढेको उनी बताउँछन् । अहिले पुरानै नेटवर्क, एजेन्सीहरूमार्फत नेपाल घुम्ने पर्यटकका विषयमा जानकारी लिइएको भन्दै उनले अहिले विश्व पर्यटनमै प्रतिस्पर्धा देखिने बताए । ‘अन्य देशहरूलाई पनि पर्यटकहरू चाहिएको छ’, उनले भने, ‘प्रतिस्पर्धाका बीच पनि हामीले राम्रो प्रतिक्रिया पाइरहेका छौं । तयारी पनि सोहीअनुसार गरिएको छ ।’ नेपालमा आउने पर्यटकलाई कोभिडबाट कसरी सुरक्षा गर्ने नै मुख्य पक्ष रहेको भन्दै उनले अबको मार्केटिङ रणनीति फरक ल्याउने बताए । एकैपटक पर्यटक आउँछन् भन्ने अवस्था नभए पनि आन्तरिक पर्यटकलाई नै लक्षित गरेर तिहारपछि प्याकेज तथा अन्य कार्यक्रमहरूको तयारी गर्ने व्यवसायी बताउँछन् । २०२२ को शुरुआतीदेखि नै अहिलको अवस्थामा क्रमिक सुधार हुने पर्यटन व्यवसायीहरूको आशा छ ।

कहिलेसम्म पाइन्छ सरकारले कोरोना प्रभावितलाई दिएको कर छुट सुविधा ?

कोरोना भाइरसको महामारीका कारणले प्रभावित व्यवसायका लागि सरकारले विभिन्‍न शीर्षकमा कर छुट तथा सहुलियतको व्यवस्था गरेको छ । आर्थिक अध्यादेश, २०७८ मार्फत दिइएको छुट दाबीका लागि फरक फरक समय सीमा तोकिएको छ । शीर्षकगत रुपमा वि.सं. २०७८ मंसिर मसान्तदेखि वि.सं. २०७९ असार मसान्तसम्म यस्तो छुट दाबीको लागि समय दिइएको छ । स्वास्थ्य सेवा प्रदायक संस्थाले तिर्नुपर्ने थप दस्तुर र ब्याज मिनाहाका लागि आगामी असार मसान्तसम्मको समय तोकिएको छ । अन्य व्यवसायको हकमा वक्यौता मिनाहाको समय सीमा पुस मसान्तसम्म तोकिएको छ । त्यसैगरी वि.सं. २०७८ जेठसम्म उत्पत्तिको प्रमाणपत्र जारी गरेबापत लाग्ने कर आगामी पुस मसान्तसम्म बुझाएमा थप दस्तुर, ब्याज र जरिवाना बापतको रकम मिनाहा हुने व्यवस्था छ । वि.सं. २०७८ जेठ १४ गतेसम्मको कारोबारको ट्रेकिङ तथा टुर प्याकेजमा लाग्ने दस्तुर आगामी पुस मसान्तसम्म बुझाएमा थप दस्तुर, ब्याज र जरिवाना बापतको रकम मिन्हा हुनेछ ।प्रशासकीय पुनरावलोकनको क्रममा रहेका मुद्दा फिर्ता लिई कर तिरेमा त्यसमा लाग्ने थप दस्तुर, ब्याज र जरिवाना बापतको रकम मिनाहा हुने व्यवस्था आर्थिक अध्यादेशले गरेको छ । पुनरावलोकनको सुविधा लिनका लागि निवेदन दिएको मितिसम्मको ब्याजको पचास प्रतिशत रकम तिरेमा बाँकी ब्याजसमेत मिनाहा हुनेछ । यसको लागि आगामी मंसिर मसान्तसम्मको समय तोकिएको छ । आर्थिक अध्यादेश, २०७८ ले कोरोना भाइरस प्रभावित कारोबारमा लाग्ने करमा ५० देखि ९० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । कोरोना भाइरसबाट अति प्रभावित व्यवसायीले रु. १ करोडभन्दा माथिको करयोग्य आयमा आयको १ प्रतिशतमात्र कर तिर्ने व्यवस्था समेत अध्यादेशमा छ ।

भर्चुअल माध्यमकाे पढाइ फेल भइसक्यो, मिश्रित प्रणाली अपनाउनुपर्छ

कोरोना भाइरस सङ्क्रमणको पहिलो लहरले भन्दा दोस्रो लहरले शिक्षा क्षेत्रमा फरक खालको प्रभाव पार्ने देखिएको छ । पहिलो चरणमा देखिएको कोरोना भाइरस सङ्क्रमणको असर बालबालिकामा खासै देखिएको थिएन । तर अहिले बालबालिकामा पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ । अहिले फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणलाई सरकारले अलि गम्भीर रुपमा...

उपत्यकामा विद्यालय: कतै खुले, कतै खुल्ने तयारी

कोरोना भाइरस (कोभिड–१९) पछिको अवस्थामा विद्यालय पुनः सञ्चालन गर्न उपत्यकाका स्थानीय तहमा फरक–फरक खाले अभ्यास देखिएको छ । उपत्यकाका केही स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् भने कतिपय विद्यालय खोल्ने नखोल्ने निर्णयमा पुग्न सकेका छैनन् । केही स्थानीय तहले माथिल्लो तहबाट विद्यालय सञ्चालन गर्ने तयारी थालेका छन् । ललितपुर महानगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिने नीतिगत निर्णय गरेको छ । कुन विद्यालय कहिलेदेखि खोल्ने र कसरी सञ्चालन गर्ने भन्ने कुराको निर्णय सम्बन्धित विद्यालयले नै गर्नेछन् । महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्याका आधारमा विद्यालय व्यवस्थापन समितिले निर्णय गर्ने बताउनुभयो । सरकारले हालै सार्वजनिक गरेको विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधिमा विद्यालय आंशिक, पूूरै वा विभिन्न माध्यमबाट सञ्चालन गर्न सक्ने विकल्प खुला गरेको छ । विद्यालयले अभिभावकसित समेत समन्वय गरेर विद्यालय सञ्चालन गर्नुपर्नेछ । यसैबीच महानगरले आफ्नो क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयलाई निःशुल्क रूपमा सेनिटाइजर वा साबुन पानी उपलब्ध गराउने भएको छ । सामुदायिक विद्यालयमा स्रोत अभाव नहुने भएकाले यस खालको निर्णय गरिएको जनाइएको छ । काठमाडौँ महानगरपालिका भने कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यालय खोल्ने या नखोल्ने भन्ने विषयमा अन्तिम निर्णयमा पुग्न सकेको छैन । महानगरले विद्यालय कसरी र कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवालासँग छलफल जारी राखेको छ । विगत केही दिन यता विद्यालयका प्रधानाध्यापकसित यस विषयमा राय सुझाव लिने काम गरिएको छ । विद्यालय पुनः सञ्चालनका विषयमा आवश्यक निर्णय लिन अभिभावक, विद्यालय सञ्चालक, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, निजी विद्यालयका शिक्षक लगायतसँग छलफल गरेर मात्र विद्यालय सञ्चालनको निर्णय गर्ने योजना रहेको महानगरका शिक्षा अधिकृत मोतीराज खनालले जानकारी दिनुभयो ।

कैलालीमा टेलिफोनबाटै मनोपरामर्श

नोबेल कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनेको छ । कोरोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सामाजिक क्षेत्रमा ठूलो असर परेको छ । कोरोना कहर बढेपछि रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीले आर्थिक र मानसिक तनाव झेलिरहेका छन् । आर्थिक र मानसिकरूपमा समस्यामा परेका नागरिकलाई कैलालीमा भने टेलिफोनबाटै मनोपरामर्श दिन थालिएको छ । कोरोनाको महामारीले गन्तव्य मुलुकमा रोजगारी गुमाउने, स्वदेश फिर्ता हुन नपाउने, भोकमरीको चपेटामा पर्नेलगायतका समस्या देखिएका छन् । परिवारमा समेत व्यक्तिगतसँगै विदेशमा रहेकाप्रतिको चिन्ता बढेको छ । विदेश तथा अन्य स्थानबाट घर आएकालाई समेत समाजमा हेर्ने दृष्टिकोण फरक रहेको छ ।

कुन ‘ब्लड ग्रुप’ लाई कोरोनाको बढी खतरा?

मानिसको रगतको आधारमा कोरोना भाइरस संक्रमण फरक हुने चिनियाँ अनुसन्धानले देखाएको छ। पछिल्लो अध्ययनअनुसार ए ब्लड ग्रुप भएका मानिसलाई कोरोना भाइरसको प्रभाव धेरै पर्ने र ओ ब्लड ग्रुप भएका मानिसहरुलाई कम ...