बजेट बनाउने तयारी गर्दै मधेश सरकार

जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट निर्माणको तयारी थालेको छ। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताए।उनले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायीसहितसँग छलफलपछि जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताए। मन्त्री यादवका अनुसार कृषि, पर्यटन, स्वास्थ्यसहितलाई रोगजार सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी भइरहेको छ।प्रदेशको अर्थ मन्त्रालयले प्रदेशका ११ वटै मन्त

सम्बन्धित सामग्री

४ महिनामा मधेशको ४ प्रतिशत मात्र बजेट खर्च, कर्मचारीले तलब खानु नै उपलब्धि

मधेश प्रदेशको सबैजसो मन्त्रालयको स्थिति यस्तै छ । चालू आर्थिक वर्ष २०८०/०८१ यता अर्थात् गत साउनदेखि मंसिर ७ गतेसम्म मधेश सरकार र मातहत निकायले कुल बजेटको ४ प्रतिशत समेत बजेट खर्च गर्न सकेको छैन । पुँजीगत खर्च त २ प्रतिशत पनि हुन सकेको छैन ।

राजनीतिक भद्रगोलका बीच बजेटको तयारीमा मधेश सरकार

सत्ता साझेदार दलहरूबीच चरम असन्तुष्टि र अपूर्ण मन्त्रिपरिषद् रहेको अवस्थामा मधेश सरकार अगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमको तयारीमा लागेको छ ।

आर्थिक संकटमा मधेश सरकार, तलब खुवाउन पनि समस्या

जनकपुरधाम । मधेश प्रदेश सरकार आर्थिक संकटमा फसेको छ । आर्थिक संकटले गर्दा मन्त्री तथा कर्मचारीहरुलाई तलब खुवाउन समेत समस्या उत्पन्न भएको हाे । संघीय सरकारको असहयोगका कारण मधेश सरकार आर्थिक संकटमा परेको प्रदेशका अर्थमन्त्रालयले जनाएको छ । संघीय सरकारबाट पहिलो चौमासिकको बजेट नपठाउँदा प्रदेश सरकारलाई पुस महिनादेखि मन्...