कोरोनाको प्रभाव : कर्णाली प्रदेशमा स्याउ र लसुनको मुल्यमा बृद्धि

दैलेख । कर्णाली प्रदेशमा चिनबाट आयात हुने स्याउ र लसुनको मुल्य बृद्धि भएको छ । चीनमा आवतजावत बन्द हुँदा कर्णालीमा स्याउ र लसुनको मुल्य आकाशिएको हो । कर्णाली प्रदेश राजधानी सुर्खेतमा अहिले लसुनको मुल्य आकासिए सँगै लसुनको व्यापार समेत कम हुन थालेको छ । केही महिना पहिले भारतबाट आयात हुने प्याजको मुल्य बृद्धि भएपछि आर्थिक …

सम्बन्धित सामग्री

कर्णाली प्रदेशमा २८ प्रतिशत खेतीयोग्य जमीन बाँझै

सुर्खेत । कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमीन बाँझै रहेको पाइएको छ । प्रदेश सरकारले बाँझो जमीन सदुपयोग गर्ने नीति लिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको उक्त तथ्यांकले देखाएको छ । कर्णालीमा वर्षेनि खाद्यान्न अभाव हुने गर्दछ । कर्णाली प्रदेशको खेतीयोग्य जमीनमध्ये ७२ प्रतिशतमा मात्र खेती हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार देशको २२ प्रतिशत क्षेत्रफल ओगटेको कर्णाली प्रदेशका ७४ प्रतिशत नागरिक कृषिमा निर्भर छन् । दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर खेतीयोग्य जमीनमा तीन लाख ३९ हजार नौ सय नौ मेट्रिकटन खाद्यान्न उत्पादन हुने गरेको छ । जब कि कर्णालीमा वार्षिक तीन लाख ५८ हजार तीन सय १६ मेट्रिक टन खाद्यान्न आवश्यक पर्दछ । बाँझो जमीन उपयोग गर्न सरकारले फलफूल, तरकारीखेती लगायतमा जोड दिएको प्रवक्ता कठायतले बताए । ‘हामीले बाँझो जमीन सदुपयोग गर्न विभिन्न योजना बनाएर काम गरिरहेका छौं । हिमाली जिल्लामा स्याउ तथा ओखरखेती र पहाडी जिल्लामा सुन्तला, किवी र विभिन्न जातका फलफूलको खेतीका लागि किसानलाई प्रोत्साहित गरिरहेका छौं,’ उनले भने । गरीबी न्यूनीकरण र खाद्यान्न अभाव कम गर्न बाँझो जग्गा सदुपयोग गर्दै आएको प्रदेश सरकारले बताएको छ । खेतीयोग्य जमीन बाँझो राखेर खाद्यान्न उत्पादन बढाउन नसकिने भएकाले त्यसमा किसानलाई आकर्षित गर्ने कार्यक्रम सरकारले ल्याएको उनको भनाइ छ । रासस

कुहिएर जान्छ ७५ प्रतिशत

कर्णाली प्रदेशमा स्याउ उत्पादन धेरै हुने भए पनि बजारको अभाव, यातायातको असुविधा, महँगो हवाई ढुवानी र चिस्यान केन्द्रको अभावले बजार पाइरहेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार आव २०७७/७८ मा मुलुकभर १३ हजार ४६३ हेक्टर क्षेत्रफलमा ४८ हजार ६११ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन सबैभन्दा धेरै कर्णाली प्रदेशमा हुन्छ । सो आर्थिक वर्ष कर्णाली प्रदेशको डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, रुकुमपश्चिम, सल्यान, जाजरकोट, दैलेख जिल्लामा नौ हजार ३७७ हेक्टर क्षेत्रफलमा ३१ हजार १०२ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अन्य प्रदेशमा पनि स्याउ थोरै उत्पादन हुने भए पनि मधेश प्रदेशमा हुँदैन ।

जुम्लाका किसान ओखर खेतीमा आकर्षित

जेठ ८, खलङ्गा । जुम्लाका किसान पछिल्लो समयमा ओखर खेतीप्रति आकर्षण बढ्दो छ । गाउँका स्थानीयवासी यतिबेला हूल बाँधेर हिमाली लेकमा मात्र पाउने अमूल्य जडीबुटी यार्सा टिप्ने चटारो भएको छ ।  यहाँको तातोपानी गाउँपालिका–७ का स्थानीयवासी सूर्य बुढालाई भने नर्सरीमा ग्राफ्टिङ गरिएका ओखर र स्याउको रेखदेख गर्न भ्याइनभ्याई छ । स्याउ र ओखर नर्सरी अहिले बुढाका लागि घरमै बसेर आम्दानी गर्ने भरपर्दो काम बनेको छ । उनले यो वर्ष ओखरबाट ५ लाख रुपैयाँ सम्म आम्दानी गर्ने लक्ष्य लिएको बताए ।             गत वर्ष झण्डै १ हजार स्याउका बिरुवा बेचेका बुढाले यस वर्ष ७००ओटा  ओखरका बिरुवा ग्राफ्टिङ्ग गरेका छन् । तुलनात्मक रूपमा स्याउभन्दा ओखर ग्राफ्टिङ कमै सफल हुन्छ । जुम्लामा स्थानीय स्याउ प्रतिबिरुवा ५० देखि १०० रुपैयाँ र ओखर प्रतिबिरुवा १ हजार रुपैयाँमा विक्री हुने गरेको छ । तातोपानी गाउँपालिका–८ का विष्णु थापाले पनि व्यावसायिक नर्सरी खेती गरेका छन् । नर्सरीमा जङ्गली हाडे ओखरको मौज्दात प्रयोग गरिंदै आएको उनले बताए । जुम्लामा कुल १७० हेक्टरमा ओखर खेती भइरहेको प्रधानमन्त्री कृषि आधुनिकिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख नवराज भण्डारीले बताए ।          पछिल्लो समयमा यहाँका किसानले ओखर खेतीमा राम्रो गरेका छन् । जिल्लामा करीब नौ हजार कृषकले ओखर खेती गरेको पाइन्छ । ओखर खेतीको राम्रो सम्भावना हुँदाहुँदै पनि बिरुवा उत्पादनमा चुनौती देखिएको प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार किसानका नर्सरीमा ५० प्रतिशत र अनुसन्धान केन्द्रमा झण्डै ७० प्रतिशत ग्राफ्टिङ सफल हुने गरेको छ, अहिले जुम्लाको ९० हेक्टर क्षेत्रफल जमीनमा ओखर फलिरहेको छ । औसतमा एक रूखमा ३० किलोसम्म ओखर उत्पादन हुने गरेको प्रमुख भण्डारीले बताए।             गत वर्ष यहाँ २७० मेट्रिक टन ओखर उत्पादन भएको थियो । कुल उत्पादनको ३० प्रतिशतबाहिर निर्यात हुने गरेको छ भने ६० प्रतिशत स्थानीय बजारमै खपत हुन्छ । सिजनमा कृषकले ओखर प्रतिदाना  पाँचदेखि १० रुपैयाँसम्ममा विक्री गर्छन् । यस वर्षदेखि ओखरको तथ्याङ्क तयार पार्ने, ओखरका जात छुट्टिने गरी नर्सरी स्थापना गर्ने, गुणस्तरहीन उत्पादन गर्नेलाई निरुत्साहित गर्नेलगायत काम भइरहेको छ ।             हालसालै टर्कीबाट आयात गरिएका बिरुवाको गुणस्तरीयता अध्ययन गर्ने र उक्त ओखर लगाएका कृषकसँग अन्तरक्रिया कार्यक्रम पनि भइरहेको प्रधानमन्त्री कृषि आधुनिकिकीकरणा परियोजनाले बतानाएको छ । परियोजनाका अनुसार कर्णाली प्रदेशमा १ हजार १०७ हेक्टरमा ओखर खेती हुन्छ । ३५० हेक्टर उत्पादनशील क्षेत्रफलबाट करीब १ हजार ४०० मेट्रिकटन ओखर उत्पादन हुने गरेको छ । रासस

पुनः हिमपात हुन नसके स्याउ उत्पादन बढ्न नसक्ने चिन्ता

यस वर्षको जाडो मौसममा कर्णाली प्रदेशमा अपेक्षित रुपमा हिमपात र वर्षा दुवै हुन सकेको छैन । साविकको कर्णालीका ५ जिल्लामा हिउँ र बाँकी ५ जिल्लामा वर्षा हुने यो चिसो मौसमा हिमपात र वर्षा दुवै नहुँदा विशेष गरी किसान चिन्तित बनेका छन् । कालीकोटको माथिल्लो क्षेत्र तथा हुम्ला, डोल्पा, मुगु, जुम्लामा बर्सेनि पुस र माघ महिनामा भारी हिमपात हुने गरे पनि यो वर्ष किसानले सोचे अनुसार हिमपात हुनसकेन भने जाडोसमेत घट्न सकेको छैन । जाडो मौसममा भारी हिमपात नभएका कारण हिमाली जिल्लामा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने ...