काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभएको छ । आज काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयले गरेको कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा घोषणा गरेको खोपको प्राथमिकता व्यवहारमा देखिनुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री देउवाले संसदमा विस्वासको मत लिने क्रममा सबै नेपालीलाई कोरोनाको खोप लगाउने आफ्नो पहिलो प्राथमिकता भएको […]