आलोचनाबीच पनि फेसबुक अपेक्षाभन्दा बढी आम्दानी गर्न सफल

फेसबुकको आन्तरिक दस्तावेज लिक भएपछि आलोचना हुँदा पनि फेसबुकले पछिल्लो त्रैमासमा अपेक्षाभन्दा बढी आम्दानी गर्न सफल भएको छ । फेसबुकले जुलाईदेखि सेप्टेम्बरको बीचमा नौ अर्ब डलरको मुनाफा गरेको छ । जबकि पछिल्लो वर्ष यो कमाई ७.८ अर्ब डलर रहेको थियो ।फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हेगनले फेसबुकमाथि अनैतिक व्यवहार गरेको आरोप लगाएको बेला यो नतिजा बाहिर आएको हो । हेगनले फेसबुकको कयौँ आन्तरिक दस्तावेज मिडियामा प्रकाशित गरेकी थिइन् । उनले कम्पनीमाथि प्रयोगकर्ताको सुरक्षाभन्दा आम्दानीमा बढी महत्त्व दिएको आ

सम्बन्धित सामग्री

अकबरे खुसार्नी खेतीबाट मनग्य आम्दानी गर्दै भोजपुरका किसान

व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका […]

किवी खेतीबाट डडेल्धुराका कृषक लाखाैं आम्दानी गर्न सफल

डडेल्धुरा । डडेल्धुराका कृषकहरुले किवी फल बिक्री गरेर वार्षिक लाखौं रकम आम्दानी गर्न सफल भएका छन । मुटु रोग, उच्च रक्तचाप घटाउने, पाञ्चन प्रणाली सहज, शारीरिक तौल घटने, छाला रोग हट्ने, आँखाको दृष्टि बढाउने, क्यान्सर रोग न्यूनिकरण र चिसोपनामा कमी लगायत गर्भवती महिलालाई समेत स्वास्थ्यमा भएका प्रतिकूल समस्याहरुलाई राहत र समाधान गर्ने महत्वपूर्ण फको रुपमा […]

सयपत्री बिक्री गरेरै आठ लाख आम्दानी

गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला बिक्रीबाट गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन्।...

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कृषक

झापाको उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बुद्धशान्तिको वडा न १, ६ र ७ कृषकले व्यावसायिक तरकारी खेतीबाट नगद आम्दानी गर्दै आएका हुन् । यहाँका कृषकले खुर्सानी, गोलभेँडा, घिरौँला, बन्दा, करेला, धनियाँ, काँक्रो, सिमी, बोडी, कोपी, सागजस्ता तरकारीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । टनेल विधिबाट खेती गर्दा मौसमी […]

बाख्रापालनबाट मनग्य आम्दानी

काठमाडौँ,८ भदौ । मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन् । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लागेका छन् । “बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भए”, उनले भने । उनको फार्ममा उन्नतजातका बयर, […]

बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी

मोरङको सुन्दरहरैंचा–१  कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन् । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गर्दै आएका छन् । “बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भएँ”, उनले भने । उनको फार्ममा उन्नत जातका बयर, जमुनावारि र लोकल जातका गरेर ७० खसी बाख्रा छन् । सुरुआतमा बुढाथोकीले चार बाख्रा र स–साना पाठा पाठीबाट व्यावसाय थालेका हुन् । ह

बाख्रापालनबाट मनग्य आम्दानी

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन्। पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लागेका छन् । ‘बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भए’, उनले भने । उनको फार्ममा उन्नतजातका बयर, जमुनावारि र […]

पाँचथरमा बंगुरपालनबाट महिला राम्रो आम्दानी गर्न सफल, वार्षिक १० लाख आम्दानी हुने

पाँचथर । पाँचथर मिक्लाजुङ-२ सप्तमीका महिलाहरु अहिले ब्यवसायिक बंगुरपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । यस क्षेत्रका महिलाहरुले कतिपयले ब्यवसाय दर्ता गरेर त कतिपयले नगरी पनि ब्यवसायिक बंगुरपालन गरेर राम्रो आम्दानीको स्रोत बनाएका हुन् । मिक्लाजुङ २ सप्तमी बजारकी कुमारी मगरले अहिले हिवारी बंगुपालन पशुफर्म दर्ता गरी मनग्य आम्दानी गरिरहनुभएको छ । बंगुरको सबै […]

तनहुँ म्याग्देका किसान सुन्तलाबाटै मनग्य आम्दानी गर्न सफल

तनहुँ । आफ्नै गाउँघरमा बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तनहुँका कृषकहरुले प्रस्तुत गरेका छन् । म्याग्दे गाउँपालिका– २ उमाचोकका कृषकहरुले सुन्तला बेचेरै लाखौं आम्दानी गरेका छन् । तनहुँको म्याग्दे गाउँपालिका– २ उमाचोकका अधिकांश कृषकले सुन्तला खेती गर्दै आएका छन् । राम्रो आम्दानी हुने भएकाले यस क्षेत्रका कृषक सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् […]

विदेशबाट फर्केर नेपालमै मनग्य आम्दानी

२०६५ देखि २०७३ सालसम्म वैदेशिक रोजगारीका लागि भौतारिएका एक युवक अहिले गाउँकै माटोबाट मासिक ४५ हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।गुल्मीको इस्मा गाउँपालिका–४, ढाँडा गाउँका ३० वर्षीय देवबहादुर घर्तीले गाउँमै कृषि र पशुपन्छी पालनबाट मनग्गे आम्दानी लिन थालेका हुन् ।वैदेशिक रोजगारीका लागि २०६५ सालमा मलेशिया पुगेका उनी २०६९ साल नेपाल फर्किए । त्यसपछि कतार गएका उनी २०७३ सालमा नेपाल फर्किएपछि भने गाउँमै केही गर्ने योजना बनाए ।सोही अनुसार मुसिकोट नगरपालिका– १, पौदीअमराईको ठुलो पहिरो भन्