पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं: जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन प्रणाली नै त्रुटीपूर्ण रहेको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनु भएको छ । कोटेश्वरको पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा आज आयोजित माओवादी निकट दलित मुक्ति मोर्चाको वैठकलाई सम्बोधन गर्दै उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट मात्र सीमान्तकृत समुदाय नीति निर्माणको तहमा पुग्नसक्ने दाबी गर्नुभयो । माओवादी केन्द्रको स्थायी समिति सदस्य […]

सम्बन्धित सामग्री

सामुदायिक पूँजीले समाजवादको आधार तयार गर्छ : अर्थमन्त्री शर्मा

मंसिर ४, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादको आधार सामुदायिक पूँजी रहेको बताएका छन् । शनिवार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले सामुदायिक पूँजीले समाजवादको आधार तयार गर्ने बताएका हुन् । समाजवादका लागि समुदायलाई बलियो बनाउनुपर्नेमा जोड दिंदै मन्त्री शर्माले अबको कार्यदिशा उत्पादनमा आधारित रहेर सामुदायिक पूँजी निर्माण रहेको बताए । ‘गरिबी अन्त्य गर्ने, असमानताको अन्त्य गर्ने, सामाजिक न्याय स्थापित गर्ने कुरा आजको प्रमुख कुरा हो’, उनले भने, ‘सामाजिक न्याय स्थापित गर्दै त्यसमा आधारित भएर समुदायलाई बलियो बनाउनुपर्छ । सामुदायिक पूँजीलाई बलियो बनाउनुपर्छ । यसबाट नै समाजवादको आधार तयार गर्न सक्छौं ।’ मन्त्री शर्माले उत्पादनका साधन र स्रोतमाथि समुदायको स्वामित्व हुनुपर्नेमा जोड दिए । ‘उत्पादनका साधन र स्रोतमाथि सामुदायिक स्वामित्व स्थापना गर्नुपर्छ । त्यसबाट मात्रै समाजवादको आधार तयार हुनसक्छ’, माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री शर्माले भने, ‘यो हाम्रो भावी कार्यदिशा हो ।’ मन्त्री शर्माले सामुदायिक पूँजी निर्माणमा व्यक्तिगत प्रतिस्पर्धालाई समेत स्थान दिनुपर्ने धारणा राखे । समूहमा काम गर्ने संस्कारको विकास गर्दै व्यक्तिगत प्रतिस्पर्धालाई समेत सँगै अगाडि बढाउनुपर्ने पनि उनले बताए । मन्त्री शर्माले समाजवादको प्रारम्भिक चरणमा पार्टी कमिटीहरूलाई उत्पादन र रोजगारसँग जोड्नुपर्ने बताए । पछिल्लो समय चुनाव प्रणाली खर्चिलो भएको बताउँदै मन्त्री शर्माले माओवादीले पुनः पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई अघि सानुपर्ने धारणासमेत राखे । गरिब, उत्पीडित, दलित, अल्पसंख्यकलगायतले चुनाव लड्न सक्ने प्रणाली नभएकाले अब सबैको समान प्रतिनिधित्व हुने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता देखिएको उनले बताए । ‘यो देशलाई जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यक छ । त्यसले कम्तिमा पनि पाँच वर्ष आफ्नो भिजन कार्यान्वयन गर्न पाउनेछ’, उनले भने, ‘यो हाम्रो एजेन्डा बाँकी छ । यसलाई पुनः अगाडि लैजानुपर्छ ।’

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ : जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।  मंगलवार पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत  सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन् । ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीह