बजार खुलेको २ घन्टा पनि नपुग्दै ५५ अंकले घट्यो नेप्से

सोमवार पनि शेयर बजारमा गिरावट आएको छ । कारोबार शुरू भएको २ घन्टा पनि नपुग्दै नेप्से परिसूचक ५५.१२ अंकले घटेको छ ।  परिसूचक २.०० प्रतिशतले घट्दा सूचक २७०३.३४ अंकमा झरेको छ । समाचार तयार पार्दासम्म व्यापारबाहेक अन्य सबै समूहको सूचक घटेको छ ।  सबैभन्दा धेरै गिरावट भने फाइनान्समा ४.१२ प्रतिशतले आएको छ ।