औद्योगिक क्षेत्रमा पुनः लोडसेडिङ

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा एक सातादेखि पुनः अघोषित लोडसेडिङ भएपछि विद्युत् सहज उपलब्ध गराउन उद्योगीहरुले माग गरेका छन्।...

सम्बन्धित सामग्री

अनियमित विद्युत् आपूर्तिले रुपन्देहीका उद्योग समस्यामा

अनियमित विद्युत् आपूर्तिका कारण यस क्षेत्रका व्यवसायी समस्यामा परेका छन् । उद्योग क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्याले उत्पादनमा कटौती भएपछि उनीहरु चिन्तित भएका हुन् । सरकारले लोडसेडिङ अन्त्य भएको जनाए पनि औद्योगिक क्षेत्र र लुम्बिनी करिडोर क्षेत्रसहित जिल्लाका उद्योगमा विद्युत् सेवा अनियमित भएको हो ।

अघोषित लोडसेडिङले औद्योगिक क्षेत्र संकटमा

काठमाडौं । नेपाल लोडसेडिङमुक्त घोषणा भएको चार वर्ष पूरा हुनै लाग्दा फेरि अघोषित लोडसेडिङ सुरु भएको छ । अनियमित विद्युत आपूर्तिका कारण औद्योगिक क्षेत्रमा संकट उत्पन्न भएको भन्दै निजी क्षेत्र सम्बद्ध व्यवसायीले विरोध गरेका छन् । कोरोना महामारीले दुई वर्षदेखि थलिएको औद्योगिक क्षेत्र लयमा फर्कनै लागेको बेला अकस्मात् विद्युत कटौतीका कारण यस क्षेत्रको अवस्था झन् […]

औद्योगिक क्षेत्रमा बढ्यो अघोषित लोडसेडिङ

काठमाडौं, चैत १४ । अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ। अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ। विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएसँगै उद्योगहरूको दैनिक उत्पादनमा कटौती भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। अघिल्लो सातासम्म दैनिक एक(डेढ घण्टा […]

१४ घण्टासम्म अघोषित लोडसेडिङ

अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ। अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ।विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएसँगै उद्योगहरूको दैनिक उत्पादनमा कटौती भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। अघिल्लो सातासम्म दैनिक एक-डेढ घण्टा लोडसेडिङ हुँदै आएकोमा शनिबार यता औद्योगिक क्षेत्रका उद्योगहरूले १४ घण्टासम्म लोडसेड

विद्युत् आपूर्ति अवरोधले उद्योग व्यवसाय बन्द

काठमाडौं (अस) । गत मंगलबार देखि ३ दिनसम्म भारतबाट आयातीत विद्युत् आपूर्ति अप्रत्यासित बन्द भएको जनाई प्राधिकरणले उद्योगमा विद्युत् आपूर्ति ठप्प पारिदिँदा उद्योग, कलकारखाना बन्द गर्नुपरेको उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले विज्ञप्तिमार्फत बताएका छन् । लामो समयदेखि तरलता अभाव, परिवर्तित बैंकिङ नीति, बढ्दो ब्याजदरले प्रभावित भइरहेको उद्योग, व्यवसाय क्षेत्र पूर्वसूचनाबिनै अचानक विद्युत् अवरुद्ध हुँदा थप प्रताडित भएको ती संस्थाको भनाइ छ । पछिल्लो समय प्रायः दैनिकजसो सरकार तथा सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीबाट नेपालमा प्रशस्त विद्युत् उत्पादन भइरहेको र उद्योग, व्यवसायको मागबमोजिम विद्युत् आपूर्ति हुने आश्वासन दिई लगानी बढाउन प्रेरित गरिरहेकाले निजी क्षेत्रले औद्योगिक गतिविधि एवं लगानी बढाउँदै लगेको उनीहरूको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘हिजोसम्म मागेजति विद्युत् दिन्छौं, हामी विद्युत् निर्यात गर्ने अवस्था पुग्यौं भन्ने तर भारतबाट एक दिन विद्युत् आपूर्ति अवरुद्ध हुँदा सबै औद्योगिक क्षेत्र ठप्प पार्नुपर्ने अवस्थाले हाम्रो ऊर्जाको वास्तविक क्षमता उजागर गरेको छ । यसतर्फ सम्बद्ध पक्ष जिम्मेवार भई तत्काल ऊर्जा संकट समाधान गर्दै यसमा आत्मनिर्भर हुने गरी उत्पादन, पूर्वाधार तथा वितरण प्रणालीको चुस्त व्यवस्थापन गर्न सरकारलाई अपिल गर्दछौं ।’ भारतमै ऊर्जा संकट भई अप्रत्यासित मूल्यवृद्धि हुँदा नेपालले खरिद गरिरहेको मूल्यमा बिड नपर्दा क्षणिक संकट भएको तर विद्युत् प्राधिकरणले जुनसुकै मूल्यमा पनि खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्रतिबद्धता बिहीबार पत्रकार सम्मेलनमार्फत व्यक्त भएपछि यसले निजी क्षेत्रको मनोबल उचो बनाएको ती संस्थाले बताएका छन् । वर्तमान चुनौतीपूर्ण अवस्थामा सरकार, प्राधिकरण एवं सम्बन्धित निकायले जिम्मेवारी वहन गर्दै विद्युत् आपूर्ति अवरुद्ध भई उद्योग, व्यवसाय ठप्प हुने अवस्थामा राष्ट्रले बेहोर्नुपर्ने क्षतिलाई दृष्टिगत गरी हाल देखिएको ऊर्जा संकटलाई अविलम्व समाधान गरी उद्योगमा निरन्तर विद्युत् आपूर्ति व्यवस्थाका लागि उनीहरूले आग्रह गरेका छन् ।

नयाँ वर्षमा औद्योगिक क्षेत्र लोडसेडिङ मुक्त हुँदै

नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ नयाँ वर्ष २०७५ को पहिलो महिनामै अन्त्य गर्ने तयारी भइरहेको बताएको छ।