कत्लेको माटो लिन गएजस्तो छैन हिजोआजको दशैं

त्यस बेला असोज लाग्ने बित्तिकै मनमा छुट्टै उमङ्ग छाउँथ्यो । उसो त मेरो जन्म महिना । तर, जन्म महिनाभन्दा पनि दशैंको आगमनले मन फुरुङ्ग हुन्थ्यो । बिहानीको पारिलो घाम, बेलुकीपख चिसो-चिसो । त्यो महिना खासमा क्यालेण्डर हेर्दै घटस्थापना कहिले पर्छ भनेर कुर्थें । त्यही दिनदेखि हाम्रो स्कूल पनि बिदा हुन्थ्यो । स्कूलमा पनि साथीहरूसँग यसपालि […]

सम्बन्धित सामग्री

माटोका भाँडा बनाउन प्रविधिले सहज

घोराही (दाङ) । गढवा गाउँपालिका–१ पत्रिङ्गा निवासी राजकुमार थारू कुमाललाई विगतमा जस्तो अहिले आफै माटो मुछ्ने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनुपर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नुपर्ने समस्या छैन । परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय सरकारले माटो मुछ्ने मेसिन, सामग्री बनाउन चक्का घुमाउने मोटरसँगै बनाएका माटोका भाँडा पकाउन आधुनिक भट्टी निर्माण भएपछि पछिल्लो समय माटोका भाँडा बनाउने काममा सहज भएको उनले बताए ।  ‘पहिले जङ्गलबाट ल्याएको माटो मुछ्नै समस्या हुन्थ्यो, तर अहिले मेसिनबाट एकैछिनमा माटो तयार हुन्छ,’ उनले भने, ‘प्रविधिका बारेमा थाहा नहुँदा काममा ढिलाइसँगै दुःख हुन्थ्यो, तर अहिले यी समस्या हटेका छन् ।’ प्रविधिले गर्दा काम छिटो हुनुका साथै धेरै सामग्री उत्पादन गरेर विक्री गर्दा आम्दानीसमेत बढेको उनको भनाइ छ । राजकुमारको जस्तै अनुभव सोही ठाउँ निवासी ५६ वर्षीय तारा थारू कुमालको पनि छ । लामो समय परम्परागत आफूले माटो मुछ्नेदेखि हातेचक्काको भरमा माटोका सामग्री बनाएका ताराले विगत एक वर्षदेखि मोटरको माध्यमबाट चक्का चलाएर माटोका भाँडा बनाउँदै आएको बताए । ‘पहिलेको तुलनामा अहिले माटो मुछ्नदेखि बनाएका भाँडा पकाउनसमेत सजिलो भएको छ,’ उनले भनिन्, ‘जसले गर्दा थकाइ नलाग्ने र छोटो समयमै धेरै काम गर्न सकिने भएको छ ।’ माटोका भाँडा बनाउने पेसामा दुःख र मेहनत धेरै गर्नुपर्ने भएका कारण लामो समय गर्न नसक्ने अवस्था भएको भन्दै प्रविधिको सहजताले पछिसम्म पनि काम गर्न सकिन्छ कि भन्ने आँट पलाएको उनी बताउँछन् । ‘परम्परागतरूपमा पहिले काम गर्दा माटो मुछ्नेदेखि पकाउन समस्या थियो, कहिलेकाहीं त मेहनत नै खेर जाने अवस्था हुन्थ्यो,’ पत्रिङ्गा निवासी ताराले भने, ‘अहिले त्यो जोखिम छैन, प्रविधिको सहजताले माटो मुछ्ने, भाँडा बनाउनेदेखि पकाउनसमेत आधुनिक भट्टी बनेको छ ।’ आधुनिक भट्टीका कारण कम दाउरामै धेरै सामग्री पाक्ने गरेको उनले बताए ।  उनीहरूले माटोबाट घैंटा, मट्टे, गमला, पाला, करुवा, हाँडी, खुत्रुकेलगायतका आकर्षक सामग्री तयार पारी विक्री गर्दै आएका छन् । पछिल्लो समय दशैं, तिहारजस्ता पर्वमा बत्ती बाल्ने पाला, घरमा पुष्प रोप्नका लागि गमलासँगै विभिन्न सांस्कृतिक कार्यक्रममा चौधरी समुदायका महिलाले बोकेर लैजाने मट्टेलगायतका सामग्री राम्रै विक्री हुने उनी बताउँछन् ।  यसरी बनाइएका सामग्री पहिले बोकेरै विक्री गर्न गाउँगाउँ जाने गरे पनि पछिल्लो समय घरबाटै विक्री हुने गरेको उनले बताए । ‘पहिले बनाएका सामग्री विक्रीका लागि आफै जानुपर्ने अवस्था थियो, तर अहिले घरबाटै विक्री हुने गर्दछन्,’ उनले भने, ‘हामीले बनाइदिन्छौं, व्यापारी घरमै आएर लग्ने गर्छन् ।’ विगतको तुलनामा कम विक्री पछिल्लो समय माटोबाट बनेका सामग्रीको विक्रीमा कमी हुँदै आएको छ । प्रविधिको विकाससँगै धातु तथा प्लास्टिकका सामग्रीको प्रयोग बढेपछि माटोबाट बनेका सामग्रीको विक्रीमा कमी आएको गढवा गाउँपालिका–३ गैरा निवासी कमला कुमाल बताउँछन् । विशेषगरी प्लास्टिकका भाँडाको प्रयोग बढेपछि माटोका भाडा विक्रीमा कमी आउनुका साथै केही परिवारले काम नै छोडेको उनको भनाइ छ । दशैं, तिहारलगायतका पर्वमा विक्री हुने पालालाई पछिल्लो समयमा झिलीमिली बिजुली बत्तीसँगै घैंटा, मट्टे, करुवा, गिलासलाई धातु र प्लास्टिकका गिलासले विस्थापित गरे पनि पछिल्लो समय परम्परागत सामग्रीले प्राथमिकता पाउन थालेपछि केही उत्साह थपिएको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय मट्का चियाका लागि गिलाससँगै कार्यक्रममा सजाउनका लागि गमला, मट्टेलगायतका भाँडा विक्री हुने गरेको उनी बताउँछन् । रासस

मुस्ताङमा बाढी–पहिराले पर्यटक अलपत्र

म्याग्दी । बेमौसमी वर्षाका कारण बाढी र पहिरोले मुस्ताङ घुम्न गएका पर्यटकहरु बीच बाटोमा नै अलपत्र परेका छन् । दशैं तिहारको बिदामा मुस्ताङ घुम्न गएका पर्यटकहरु अलपत्र परेका हुन् । मुस्ताङको घोप्टेभीर, मार्फा, कागबेनी, पाण्डाखोला, छुसाङलगायत क्षेत्रमा आएको बाढी, पहिरोले सडक सञ्जालमा क्षति पुर्‍याएको छ । अविरल वर्षाका कारण सडकभन्दा माथिबाट ठूलाठूला ढुङ्गा, लेदो माटो […]

धनकुटाको निशान मन्दिरमा गरियो घटस्थापना

धनकुटा : धनकुटाको निशान मन्दिरस्थित दशैं घरमा सोमबार घटस्थापना गरिएको छ। बिहान १० बजेर २३ मिनेटको साइतमा जमरा राखेर घटस्थापना गरिएको हो।सोमबार बिहानै नित्य कर्म समाप्त गरी नजिकको चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि धान, जौ, मकै छरिन्छ।आज छरिएको धान, जौ, मकैलाई जमरा भन्ने गरिएको निशान मन्दिरका पुजारी शिवहरि सापकोटाले बताए। दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ।निशान मन्दिरमा विसं १८

हनुमानढोकाको दशैं घरमा राखियो जमरा

१० असोज, काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान १० बजेर २३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाईं पनि गरेको थियो । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई […]

चाडवाड नजिकिँदै गर्दा ऐसेलुखर्कमा सडक मर्मत सुरु

चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाई सुरु गरेको छ । आसन्न दशैं तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठमाडौं ओहोर–दोहार गर्ने सडक मर्मत तथा सरसफाई सुरु गरेको हो । खाद्यान्न ढुवानी, एम्बुलेन्स सञ्चालन एबम् चाडवाडका समयमा सहज आवत–जावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाई सुरु गरिएको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।गाउँपालिकाले वर्षा याममा सडकमा खसेको पहिरो, ढुंगा माटो पन्छाउन सुरु गरेको हो । गाउँ

कात्तिक २८ देखि चित्लाङ–थानकोट सडक बन्द हुने

मकवानपुर । दशैं अघिदेखि सञ्चालन गरिएको चित्लाङ–थानकोट सडक आगामी कात्तिक २८ गतेदेखि पूर्णरूपमा बन्द हुने भएको छ । मुख्य चाडबाड सकिएलगत्तै अब निर्माण अघि बढ्ने भएकाले अर्काे सूचना नभएसम्मका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गर्न लागिएको चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले बताएको छ । कात्तिक २६ गतेदेखि सडक निर्माणको काम सुचारु गर्ने र कात्तिक २८ गतेदेखि पूर्णरूपमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको सरकोर समितिका सदस्य रामशरण नेपालले जानकारी दिए । ‘काठमाडौं आउजाउ गर्न बाटो ‘क्लियर’ छ, तर सडक निर्माण जारी रहँदा जोखिम हुने भएकाले बन्द गर्ने निर्णय गरिएको हो,’ सडक निर्माणका अभियानकर्मी नेपालले भने । चित्लाङ थानकोट सडकअन्तर्गत थानकोट–चन्द्रागिरि खण्डको ठेक्काको म्याद आगामी चैतदेखि सकिने हुँदा तोकिएको म्यादभित्र तोकिएका काम सक्न निर्माण पक्षमाथि दबाब छ । सडक निर्माण सरोकार समितिका अनुसार थानकोटबाट दुई हजार २५०० मिटरदेखि ८२५० मिटरसम्मको सडकको ‘ट्र्याक क्लियर’ भइसकेको छ । यो खण्डको पानीघाट घुम्तीमा रेडियस र ग्रेड मिलाउने कामबाट अघि बढेको समितिले ३१६० मिटर सडकमा मेशिनरी वाल उठाउने, ३४२० मिटर सडकसम्म डाउन गर्ने, ३५८० मिटर सडकसम्म दुई मिटर माटो भर्ने, ३७८० मिटरसम्म ढिस्को काट्ने, पहिरो हटाउने, खोल्सीको मोडलाई २५ मिटरको रेडियसमा घुमाउने लगायत काम भएका छन् ।     त्यस्तै डोजर झरेको मोडमा रक कटिङ गर्नेदेखि कतिपय मोडलाई ३० मिटरसम्म पर धकेलिएको छ भने सेतो पहरालाई समेत छिचोल्न सफल भएको छ । सडक निर्माणका मुख्य अभियानकर्मी सुभाषचन्द्र ठकुरीका अनुसार अँधेरी खोल्छामा ‘रक कटिङ’ गरेर उजेली खोल्सा बनाइएको छ भने तीनओटा अप्ठ्यारा घुम्तीलाई ‘क्यान्सिल’ गरिएको छ । ठकुरीले थानकोटदेखि चन्द्रागिरीसम्म सडक छिचोल्दा यसलाई सामान्य हिसाबले ‘ट्र्याक ओपन’ भनिए पनि त्यो भन्दै धेरै गरिएको बताए । रासस

रातो माटो बेचेर दशैं मनाउँदै

पाँचथर । घर पोत्नका लागि प्रयोग हुने रातो माटोको बिक्री बढेपछि पाँचथरको फिदिम नगरपालिका–४ का स्थानीय उत्साहित बनेका छन् । दशैं र तिहार नजिकिएसँगै रातो माटोले बजार पाउन थालेको छ । पाँचथरको रातो माटो छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापामा निर्यात हुने गरेको छ । रातो माटो प्रतिबोरा एक सय रुपैयाँसम्म बिक्री हुने गरेको […]

आयो रमाईलो दशैं (कविता)

अच्युत मान सिंह प्रधान "उत्सुक सबै नेपालीको घर घरमा, आयो रमाईलो दशै। सबैको मन मनमा छायो, हर्ष र उमङ्ग । रातो माटो र गाईको गोबरले लिपेको छ, घर आँगन। घरको आँगन अनि कम्पाउन्डमा, बाधेका छ् घोर्ले खसी। भान्छा कोठामा पाकेका छ्न्, मिठा मिठा परिकारहरु। चौरमा चचर हुइ गरि मचिरहेछ, लिङ्गे पिङ्ग। आकाशलाई चुम्ला झै गरि उडिरहेका छ्न, चङ्गाहरु माथि माथि। रमाई रहेका छ्न नयाँ लुगा लगाई, को भन्दा को राम्रो भनि। भिड्भाड छ शक्तिपिठहरु सबै, श्रद्दालु भक्तजनहरुको। टल्केको छ रातो टिका न...

रातो माटो बेचेर दशैंखर्च जोहो गर्दै बाग्लुङ्गे किशोरी

बागलुङ नगरपालिका– ३ की पूजा विकको दिनचार्य विगत एक साता यता मध्यपहाडी लोकमार्गमा बित्नेगरेको छ । दशैंमा घर पोत्ने रातो माटो बेचेर उहाँले दशैं खर्चको जोहो गरिरहनुभएको छ ।

हराउँदै रातो माटो, खोटो र कमेरोले घर रंगाउने चलन

धनकुटा : दशैं र तिहारको समयमा ग्रामीण क्षेत्रमा रातो माटोसहित खोटो र कमेरोले घर रंगाउने प्रचलन हराउँदै गएको छ। परम्परागत शैलीका ढुंगा, माटो तथा काठ प्रयोग गरी बनाइएका घरमा ती वस्तको प्रयोग हुने गर्दथ्यो। पछिल्लो समय सिमेन्ट प्रयोग गरेर घर निर्माण हुन थालेपछि रातो माटो‚ कमेरोले रंगाउने चलन हराउँदै गएको हो।केही वर्ष अघिसम्म दशैंअघि धनकुटामा घर रंगाउनका लागि यहाँका चिम्टिया र रातो माटो भएका ठाउँमा ठूलै संख्यामा सर्वसाधारण माटो लिन जान्थे। माटोले लिपपोत गरेपछि घर चिटिक्क हुने स्थानीय दिलकुमारी