डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दाले मागे सुरक्षा, स्वतन्त्र रूपमा मतदान गर्न नपाएको गुनासो

 सुर्खेत : उपल्लो डोल्पाका सर्वसाधारणले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्ने भन्दै सुरक्षा माग गरेका छन्। डोल्पोबुद्ध गाउँपालिकाको धो तरापमा बसेको सर्वसाधारण र जनप्रतिनिधिको भेलाले सुरक्षाको माग गरेको हो। सयौँ युवा परिचालन गरेर मतदान स्थल कब्जा गर्ने रणनीति सुरु भएको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका हुन्।आफूहरुले कहिले पनि स्वतन्त्र रुपमा मतदान गर्न नपाएको भन्दै उनीहरुले तत्काल सुरक्षा दिन जिल्लास्थित सरकारी संयन्त्रसँग माग गरेका छन्। उनीहरूले उपल्लो डोल्पामा लुटपाटलगायत अपराध हुँदै