रात्रिकालीन व्यवसाय २४ सै घण्टा खुला गर्न गृह मन्त्रालय सकारात्मक

व्यवसायीहरुले लामो समयदेखि माग गरिरहेको रात्रिकालीन व्यवसाय सञ्चालनको वातावरण बनाउन गृह मन्त्रालय तयार देखिएको छ । खासगरी करको दायरामा आएका होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।