सिमरा गोल्डकपः विजय युथलाई हराउँदै एनआरटी सेमिफाइनलमा, मेसुकेको दोहोरो गोल

वीरगंज: विजय युथ क्लब हेटौँडालाई हराउँदै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा शनिवार साँझ भएको खेलमा एनआरटीले विजय युथमाथी ३–१ को जित निकालेको हो। एनआरटीको जितमा मेसुके अलोमोउले दुई र स्टेफेन बिनोङ समिरले एक गोल गरे। हेटौडाका लागि विमल राना मगरले गोल फर्काए।…