सभापतिका साझा उम्मेदवार सहमतिका साथ टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताले कसरत गरिरहेका छन् ।बत्तिस पुतलीस्थित अनुपम फुड्ल्याण्डमा बुधबार बसेको बैठकले सभापतिका लागि साझा उम्मेदवार बनाउने अन्तिम तयारी गरेको हो । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापति, निवर्तमान सभापतिको संयुक्त बैठकले सभापतिका आकांक्षी चार नेतालाई सहमतिमा ल्याएर साझा उम्मेदवार बनाउन […]