संसद बैठक आज बस्दै, एमसीसीबारे छलफलको तयारी

१५ फागुन, काठमाडौं । प्रतिनिधिसभा (संसद) बैठक आज बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक-पटक सारिएको बैठक आज बस्न लागेको हो । यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ […]

सम्बन्धित सामग्री

संसद बैठक आज बस्दै,यस्तो छ कार्यसूची

आज संघीय संसद प्रतिनिधि सभा बैठक बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।

आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न […]

संसद बैठक, महाभियोग प्रस्ताव अघि बढाउने तयारी

काठमाडौं :  प्रतिनिधिसभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने तय छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७–७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए।प्रतिनिधिसभाको बैठकअघि बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ।महाभियोग प्रस्ताव अघि बढ्ने कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद

संसद बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद बैठक औपचारिकतामा सीमित हुँदै आएको छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले संसदको आजको बैठकमा एमसीसी टेबुल गर्ने […]

संसद बैठक आज बस्दै, एमसीसी कार्यसूचीमा परेन

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ।आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा छ। तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन।संसद् बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ। त्यसले बैठकका कार्यसूची तय गर्नेछ। अवरोध खुलाउने विषयमा

संसद बैठक आज बस्दै, नेपालबारे निर्णय गर्न एमसीसीको बोर्ड बैठक पनि आजै

आज मंगलबार प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो २ बजेको लागि बोलाईएको छ । संसद सचिवालयद्वारा जारी सम्भावित कार्यसुची अनुसार आजको बैठक ६ वटा अध्यादेश पेश हुने छ । सरकारले ६ वटा अध्यादेश जारी गरेपछि संसद अधिवेशन अधिवेशन आह्वान गरेको थियो । आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने ,  सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्य सूची रहेको छ। त्यस्तै आजको बैठकमा  “नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)      अध्यादेश, २०७८' पेश गर्ने, “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८' पेश गर्ने,  “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८' पेश गर्ने, ।  'रेल्वे अध्यादेश, २०७८' पेश गर्ने,  “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८' पेश गर्ने र “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८' पेश गर्ने कार्यसूची रहेको छ ।आजको बैठक पनि अवरोध गर्ने नेकपा एमालेको तयारी छ  ।आजको बैठकमा एमसीसी समबन्धि प्रस्ताव पेश हुने चर्चा चले पनि सम्भावित कार्यसुचीमा भने यसबारे समावेश गरिएको छैन । आज नै मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्ने भएको छ । उक्त बैठकमा नेपालको एमसीसीबारे पनि छलफल हुने एजेण्डा तय भएको छ । दलहरु विभाजित भएर नेपालमा एमसीसी संसदबाट पारित हुन नसकिरहेको अवस्थामा हुन लागेको एमसीसीको बोर्ड बैठकलाई महत्वका साथ हेरिएको छ ।यस अघि एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपाल आएर एमसीसीबारे विभिन्न दल तथा सरकारको आधिकारिक धारणा बुझेर फर्किएकी थिईन्। अमेरिकाले एमसीसीबारे छिटो निर्णय गर्न नेपाललाई दबाब दिदै आएको छ । नेपालले समयमा नै निर्णय नगरे सहयोग फिर्ता लैजाने चेतावनी अमेरिकाले दिने गरेको छ । यस अघि नेपाल सरकारले एमसीसीबारेका विभिन्न प्रश्नहरु समेटेर एमसीसीलाई पठाएको थियो । एमसीसीले त्यसको जवाफ पनि दिइसकेको छ । एकै दिन अमेरिकामा एमसीसीको बोर्ड बैठक बस्नु र नेपालमा पनि सोहि दिन संसद बैठक आह्वान हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा एमसीसी पास हुनु पर्ने बताउदै आएका छन् । सोहि कारण कतिपयले आज नै संसदबाट एमसीसी पास हुन सक्ने आँकलन गरेका छन् । एमसीसी यस अघि नै संसदमा पेश भईसकेको छ । सम्भावित कार्यसूचीमा नपरेको भएपनि सभामुखले यसलाई सभामा पेश गर्न सक्ने छन्  । एमसिसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ । ती परियोजनाका लागि रु ५० अर्ब बराबर लगानी हुनेछ । नेपाल सरकारको तर्फबाट रु १३ अर्ब लगानी हुनेछ ।

संसद बैठक आज बस्दै, यस्तो छ सम्भावित ३२ बुँदे कार्यसूची

काठमाडौं । संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । बुधबार अपरान्ह ४ बजे दुबै सदनको बैठक बस्न लागेको हो । आज बस्ने बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको  छ ।बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश–२०७८ सदनमा पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।बुधबारको बैठकका लागि संघीय संसद सचिवालयले जारी गरे

बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ। सभामुख सानुकुमार श्रेष्ठले शनिबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन्। प्रतिपक्षी दलले बजेटप्रति असन्तुष्टि जनाउँदै अवरुद्व गरेपछि संसद बैठक बस्न सकेको थिएन। प्रतिपक्षीको माग पूरा गर्ने सहमति नगरी सरकारले संसद बैठक आह्वान गरेको भन्दै प्रतिपक्षी दलले असन्तुष्टि जनाइरहेका छन्। सत्तापक्षको खनाल–नेपाल समूहले पनि सदन सञ्चालनबारे सरकारले छलफल नगरेको बताएको छ।सरकारले असन्तुलित ढंगले बजेट ल्याएको, कमिसनको लोभले हतारमा विद्युतीय बस खर

संसद बैठक आज बस्दै, प्रधानमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव आउने सम्भावना

काठमाडौं । पुर्स्थापित प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने निर्णय गरेपछि संसद बैठक आज अपरान्ह ४ बजे पहिलोपटक बस्न लागेको हो । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो । सरकारको निर्णय बदर भएपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग नेकपाकै प्रचण्ड–नेपाल पक्षले गरिरहेका छन् । अन्यथा अविश्वास प्रस्ताव दर्ता गर्ने उनीहरुको चेतावनी छ। तर, प्रधानमन्त्री ओली राजीनामा नदिने बरु अविस्वासको प्रस्ताव आए ‘फेस’ गर्ने तयारीमा देखिनुभएको छ । अविश्वास प्रस्ताव आउन सक्ने सम्भावना औंल्याउँदै त्यसलाई असफल पार्ने रणनीति ओली पक्षले बनाएको छ। आफूलाई प्रचण्ड–नेपाल पक्षले दलको नेताबाट हटाएको निर्णय गरेको भोलिपल्ट शनिबार बालुवाटारमा ओली समूहले राखेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले अविश्वास प्रस्ताव आए डटेर सामना गर्ने बताइसक्नुभएको छ । ओली समूहको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीले राजीनामा नदिने, विश्वासको मत पनि नलिने, अविश्वासको प्रस्ताव नै ‘फेस’ गरेर जाने निर्णय गरेको छ । शनिबार संसदीय दलको बैठकमा १ सय १५ सांसद उपस्थित भएको दाबी ओली समूहले गरेको छ। उता प्रचण्ड–नेपाल पक्षले पनि यसअघि शुक्रबार आफूले राखेको संसदीय दलको बैठकमा बहुमत सदस्य सहभागी भएको दाबी गरिरहेको छ। प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नयाँ प्रधानमन्त्रीको उम्मेदवार पनि खडा गर्नुपर्छ । तर त्यो प्रस्ताव संसदमा पेस गर्दा बहुमत पुगेन र फेल भयो भने एक वर्षसम्म त्यस्तो प्रस्ताव हाल्न नपाइने संवैधानिक व्यवस्था छ। यसकारण प्रचण्ड–नेपाल पक्षले मात्रै अविश्वास प्रस्ताव दर्ता गर्ने आँट गर्दा पास नहुने जोखिम छ। किनकि ओली समूहले पनि आफ्नै पक्षमा बहुमत सांसद आउने दाबी गरिरहेको छ। जसले गर्दा यतिबेला निर्णायक भूमिकामा नेपाली कांग्रेस देखिएको छ। तर उसले यस विषयमा अहिलेसम्म खुलस्त भनिसकेको छैन। दुवै समूहका गरी नेकपाका अहिले प्रतिनिधि सभामा १७३ र राष्ट्रिय सभामा ५० सांसद छन्। प्रतिनिधि सभा सदस्य सानु शिवाको निधन भएकाले एउटा स्थान रिक्त छ। नेकपाको कूल २ ...