६ वर्षमा पनि स्तरोन्नति भएन लामोसाँघु–जिरी सडक

दोलखा । दोलखा–जिरी सडक खण्ड जीर्ण हुँदा स्थानीयवासी मारमा परेका छन् । सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको ६ वर्ष बित्दा समेत काम शुरू नगरी माटो हालेर मात्र छाडिएको छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी बताउँछन् । २०७२ मा देवी खड्का राज्यमन्त्री भएको बेला भएको ठेक्का सम्झौताअनुसार लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरदेखि चरीकोटसम्मको सडक खण्ड चौडा गरी कालोपत्र गर्ने जिम्मा लिएको थियो । तर सम्झौता अनुसार हालसम्म पनि काम पूरा हुन सकेको छैन । सडकको अवस्थामा कुनै परिवर्तन नभएपछि स्थानीयवासीले बाध्य भएर पटक–पटक आन्दोलन समेत गर्दै आएको छ । खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि मुडेबाट चरीकोटसम्म २७ किलोमिटर सडक भने हालसम्म कालोपत्र हुन सकेको छैन । मेडबाट चरीकोटसम्म आवतजावत गर्न दुई घण्टा लाग्ने र बीचबीचमा खाल्टो भएकाले दुर्घटनाको जोखिम बढ्नुका साथै गाडीसमेत बिग्रने गरेको व्यवसायी बताउँछन् । जीर्ण सडकका कारण स्थानीयवासीले वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । काम शुरू हुन नसकेका ठाउँको सडकमा खाल्डाखुल्डी बन्दा पानी जमेर किनारका घरमा पनि बस्न सक्ने अवस्था छैन भने सडक वरिपरिका घरटहरा धुलाम्मे हुने गरेको स्थानीयवासी बताउँछन् । दोलखा नागरिक समाजका अध्यक्ष चिरञ्जीवी मास्कले भने, ‘यस्तै हुने हो भने आगामी दिनमा जिल्लाका जनप्रतिनिधिलाई जिल्ला प्रवेशमा रोक लगाउन बाध्य हुनेछाैं ।’ सडक नबन्दा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, स्थानीयवासीलगायत प्रयोगकर्ताले सास्ती बेहोर्नुपरेको छ । संघीय संरचना अनुसार तीन तहको सरकार क्रियाशील रहे पनि जनताका यस्ता समस्या समाधानमा कसैको ध्यान नपुगेको सडक छेउका बासिन्दाको गुनासो छ । लामो समयदेखि ठेक्का लागेर पनि सडक मर्मत सुधार सम्पन्न नगर्नेलाई कारबाही गरियोस् भन्दै स्थानीयवासीले सदरमुकाम चरिकोटमा नारा जुलुस लगाउँदै बजार परिक्रमा गरेका थिए । आगमी एक हप्ताभित्र सडक मर्मत सुधारको काम अगाडि नबढाएमा थप विरोधका कार्यक्रम गर्नेसमेत चेतावनी समेत दिएका थिए । सडक मर्मत सुधारको काम सुचारु नभएसम्म मुडेमै बसी आन्दोलन गर्नेसमेत अध्यक्ष मास्केले बताए । यसअधिको कार्यतालिका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला डिभिजन सडक कार्यालय आयोेजनाको कार्यालयमा धर्ना दिने काम यसअघि नै भइसकेको अध्यक्ष मास्केले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परिसरमा धर्ना दिने कार्यक्रम तय भएको उनले जानकारी दिए । कार्यक्रमलाई अझै सशक्त र धनीभूत बनाउन ५०१ सदस्यीय सडक संघर्षसमिति गठन गरेको र आगामी दिनमा प्रभावित क्षेत्रका नागरिकलाई यसमा समावेश गर्दै आन्दोलनका सशक्त कार्यक्रम बढाउने उनले जानकारी दिए । भीमेश्वर नगरपालिका–९, ८, ७, ६ र ३ वडामा वडास्तरीय संघर्ष समिति गठन गर्ने अध्यक्ष मास्केले बताए । पटक–पटक भएको सम्झौतालाई बेवास्ता गरेकाले सरकारी गाडीलाई समेत जिल्ला प्रवेशमा रोक लगाउने कार्यक्रम तय भएको उनले जानकारी दिए । २०७२ को मङ्सिरमा दुई वर्षमा काम सक्नेगरी शंकर मालीजेभीले सम्झौता गरेको २७ किलोमिटर सडक मर्मत सुधारको काम हालसम्म पनि समपन्न हुन नसक्दा नागरिक समाजले आन्दोलन गर्न बाध्य भएको बताइएको छ । रासस

सम्बन्धित सामग्री

लामोसाँघु–जिरी सडकको सुनकाेशी पुल आसपासको जग्गा अधिग्रहण थालनी

१४ भदौ, चौतारा । लामोसाँघु–जिरी सडक निर्माणका लागि जग्गा अधिग्रहणको काम सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भौतिक पूर्वाधार यातायात मन्त्रालय, सडक विभागबाट निर्माणाधीन लामोसाँघु–जिरी सडकखण्डमा पर्ने सुनकोसी नदी पुल आसपासको २७ कित्ता जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । निर्माण गर्न सडक विभागको नाममा जग्गा प्राप्त […]

अलपत्र सडक नागरिक दबाबमा निर्माण हुँदै

दोलखा-दुई वर्षमा बन्नुपर्ने सडक सात वर्षसम्म नबनेपछि नागरिकहरू सडकको काम चाँडो गर्न माग गर्न सडकमा उत्रिए । लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत दोलखा प्रवेश गर्ने मुख्य मार्ग मुडे–चरिकोट खण्ड ठेक्का लगाएर वर्षौंदेखि अलपत्र भएपछि स्थानीय नागरिक पटक पटक आन्दोलित हुँदै पक्राउसमेत भए । त्यही सडक पाँच महिना यता कामले तीव्रता पाउँदा अहिले अन्तिम चरणमा पुगेको छ ।अलपत्र […]

मन्त्री यादवद्वारा लामोसाँघु जिरी सडकखण्डको निरीक्षण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव नेतृत्वको टोलीले लामोसाँघु जिरी सडक खण्ड र सडक डिभिजन कार्यालय चरीकोटको आज निरीक्षण गरेको छ । टोलीले सडकको अवस्था, सुधारका मापदण्ड, कालोपत्र, पिच गर्दा प्रयोग गरिएका वस्तुगत सामग्री र गुणस्तरको जानकारी लिएको हो ।सो अवसरमा मन्त्री यादवले सडक तथा भौतिक पूर्वाधारको विकासका क्षेत्रमा जिम्मेवारी लिएका निर्माण व्यवसायीले समय सीमाभित्र योजना सम्पन्न नगरेमा उनीहरूलाई कालोसूचीमा राखेर दण्डित गरिने चेतावनी दिइन् । देशको विकास तथा समृद्धिमा पूर्वाधार विकास

लामोसाँघु–जिरी सडक स्तरोन्नती नहुँदा स्थानीयवासी मर्कामा

भीमेश्वर, १४ मङ्सिर: दोलखा–जिरी सडक खण्ड जीर्ण हुँदा स्थानीयवासी मारमा परेका छन् । सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको ६ वर्ष बित्दा समेत काम शुरु नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको स्थानीयवासीको आरोप छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी बताउँछन् । विसं […]

ब्रेक फेल हुँदा सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ घाइते

सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको छ । बसको ब्रेक फेल भएर

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

सिन्धुपाल्चाेक ।  सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी […] The post सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ जना घाइते

सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै दुर्घटना भएको छ। बसमा सवार ३५ यात्रु घाइते भएका छन्भ। सहचालकसहित चार...

लामोसाँघु-जिरी सडक : केही सुधार तर यात्रा असहज

सिन्धुपाल्चोक । लामोसाँघु जिरी सडक खण्ड सुधार गर्न ठेकेदारहरुलाई सरकारी कार्यालयले पटक पटक ताकेतापछि केही सुधार त भएको छ तर...

लामोसाँघु–जिरी सडक एक सातामै सहज हुने

लामोसाँघु–जिरी सडक एक साता भित्र सहज हुने भएको छ । निर्माण व्यवसायीहरुले १० दिन सडक साना तथा हलुवा सवारी साधन समेत चल्ने गरी सडक बनाउन ३ दिन अघि लिखित प्रतिबद्धता गरे अनुसार खाल्डाखुल्डी पुर्ने कार्य समेत सुरु गरेका छन् । सडक सहज नबनाए कारबाही भोग्न समेत तयार हुने गरी प्रदेश सरकारका मन्त्रीहरुका सामु प्रतिबद्धता गरेका हुन् ।

लामोसाँघु–जिरी सडक निर्माण सुस्त - Naya Patrika

निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण लामोसाँघु–जिरी सडक स्तरोन्नति असाध्यै सुस्त भएको छ । एक्जिम बैंक अफ इन्डियाको लगानीमा नेपाल सरकारले बनाइरहेको यो सडक दुई महिनाअघि नै सम्पन्न गर्ने लक्ष्य थियो ।...पूरा पढ्नुहोस् »