कोरियामा कोरोनाबाट नेपाली सुरक्षित

संक्रमित दर घट्दो इन्छन (दक्षिण कोरिया) । दक्षिण कोरियामा कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । कोरियामा नेपालीहरु सुरक्षित छन् । सरकारले दिइरहेको लाइभ अपडेटमा संक्रमित दर पनि घटिरहेको बताइएको छ । कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् । एनआएनए कोरिया शाखाले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै यहाँ रहेका आप्रवाशीहरु हालसम्म सुरक्षित रहेको जनाएको छ । राजधानी सउलबाट ३ सय ५० किलोमिटर दक्षिण थेगु सहरको सिन्छोन्जी चर्चबाट फैलिएको कोरोनाले त्यहाँ भने व्यापक रुप लिएको छ । दैनिक ३ देखि ५ सय जनासम्ममा कोरोना भाइरसको लक्षण देखिएको समाचार माध्यमहरुले जनाइरहेका छन् । कोरोनाका बिरामीहरु क्रमशः घटिरहेका छन् । कोरोनाबाट संक्रमित र मृत्यु हुने अधिकांश चर्चका सदस्यहरु रहेका छन् । चर्चका प्रमुखले ली मानहीले सोमबार सार्वजनिक रुपमा माफि मागेका समाचार संस्थाहरुले जनाएका छन् । हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकांश विरामी अवस्थाका वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् । सरकारले विद्यालय, चर्च, विवाह उत्सव, पार्टी जन्मोत्सवलगायत जमघटका कार्यक्रम नगर्न अनुरोध गरेको छ । तर एकाधबाहेक अधिकांश उद्योग, कलकारखानाहरु खुलिरहेका छन् । राष्ट्रपति मुन जे इनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन् । त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थ्यप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन् । दक्षिण कोरियामा हालसम्म ७ हजार ४४८ जना संक्रमित र ५३ जनाले ज्यान गुमाएका छन् भने १६६ जना निको भएर घर फर्र्किएका छन् । चीनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला चीन, दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका १०८ देशमा फैलिएको छ । करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ । धेरै संक्रमित हुनेमा पहिलोमा चीन छ । जहाँ ८० हजार ७३५ जना संक्रमित भएका छन् भने ३ हजार ११९ जनाले ज्यान गुमाएका छन् । इरानमा ६ हजार ५६६ संक्रमित र १९४ जनाको ज्यान गुमाएका छन् । इटालीमा ७ हजार ३३५ जना संक्रमित र ३६६ जनाले ज्यान गुमाएका छन् । जापानमा १ हजार १९८ जना संक्रमित र १४ जनाले ज्यान गुमाइसकेका छन् । फ्रान्समा १ हजार २०९ जना संक्रमित र १९ जनाले ज्यान गुुमाइसकेका छन् । अमेरिकामा ५५४ जना संक्रमित र २२ जनाले ज्यान गुमाईसकेका छन् । स्पेनमा ६७४ जना संक्रमित र १७ जनाले ज्यान गुमाईसकेका छन् । कोरोनाका लक्षण ड्ड लगातार ज्वरो आउने ड्ड खोकी लाग्ने ड्ड श्वास फेर्न गाह्रो हुने ड्ड निमोनिया हुने ड्ड श्वासप्रश्वासका अन्य रोगहरुको संक्रमण हुने ड्ड मिर्गौला फेल हुने ड्ड रोग प्रतिरोधात्मक क्षमता कमी भएमा मृत्यु पनि हुने कसरी बच्ने ? ड्ड सरसफाइमा ध्यान दिने ड्ड धेरै मानिसहरु जमघट हुने ठाउँमा नजाने ड्ड मास्क लगाएर यात्रा गर्ने ड्ड खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गर्ने ड्ड बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धुने ड्ड स्वास्थको ख्याल गर्ने ड्ड हात नमिलाउने ड्ड संक्रमणको शंका लागेमा तत्काल अस्पताल जाने

सम्बन्धित सामग्री

८६ वर्षीय बलिउड अभिनेता धर्मेन्द्रको यस्तो छ कोरोनाबाट बच्ने तरिका

बलिउडमा कोरोना कहर दिन प्रतिदिन बढ्दो छ । अहिलेसम्म बलिउडका कयौं स्टार कोरोना संक्रमित भएका छन् । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र भने कोरोनासँग बच्न अनेक उपाय गरिरहेका छन् । यसैबीच उनले आफ्नो फिटनेस राज समेत शेयर गरेका छन् । जसमा उनले आफुलाई फिट राख्न नियमित वाक गर्ने गरेको बताएका छन् ।८६ वर्षका धर्मेन्द्र आफुलाई कोरोनाबाट सुरक्षित राख्न अहिले मुम्बईबाट टाढा इन लोनावालामा रहेको आफ्नो फर्म हाउसमा बस्छन् । त्यहाँ उनले आफु फिट राख्न नियमित एक्सरसाइज र नियमित चेकअप समेत गर्ने गरेको बताए । &ls

ढुक्क भएर मोडर्ना खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, ४ पुस: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन आग्रह गरेको छ । आजदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइँदै छ । कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने बताए पनि खोप सुरक्षित रहेकाले अनुमति लिन […]

खोपले मात्रै मिल्दैन पूर्ण सुरक्षा

काठमाडौं । विज्ञले खोप लगाएर मात्रै कोरोनाबाट पूर्ण सुरक्षित नभइने औंल्याएका छन्। कोभिड १९ को खोप लगाएपछि पनि कोरोना संक्रमण हुने र कतिपयमा जटिल समस्यासमेत देखिने भएकाले खोप लगाए पनि लापरबाही गर्न नहुने सुझाव उनीहरूको छ। परिवार कल्याण महाशाखाका प्रमुख डा। तारानाथ पोखरेलका अनुसार हाम्रो शरीरमा विभिन्न खालका रक्तकोष हुन्छन्। खोपमा हुने कोरोना भाइरसजस्तै तत्व […]

आशा र निराशाको दोसाँधमा जनता

सबैले आ–आफ्नो तर्फबाट आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्ने हो भने कोरोनाबाट सुरक्षित रहन सकिन्छ।सरकारले लागू गर्ने बाध्यात्मक नियम कानुनले भन्दा व्यक्तिको अनुशासन, आत्मसंयम र सावधानीले कोरोनाबाट सुरक्षित रहन र कोरोनालाई परास्त गर्न मद्दत पुग्छ।...

कोरोनाबाट सुरक्षित बन्न खोप लगाउनेको लाइन, तस्बिरमा हेर्नुहोस्

सरकारले कोरोनाविरुद्धको खोप अभियान सुरु गरेसँगै खोप केन्द्रहरुमा सर्वसाधारणको भिडभाड देखिन थालेको छ ।  स्वास्थ्य सेवा विभागले असार २९ देखि काठमाडौंसहित सबै जिल्लामा खोप अभियान सुरु गरेको हो । जसअनुसार अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिकलाई दिइएको छ । त्यसबाहेक खोप

जुम्लामा होम आइसोलेसनले फैलाउँदै संक्रमण

‘हाम्रो जस्तो संरचना भएका घरमा होम आइसोलेसनको नीति वैज्ञानिक छैन। तत्काल जुम्लाका सबै स्थानीय तहले संस्थागत आइसोलेसन बनाउनु पर्छ। जुम्लालाई कोरोनामुक्त जिल्ला बनाउन चिन्ता र चासोका साथ लाग्नुपर्छ। नत्र कोरोनाबाट जुम्ला सुरक्षित रहन सक्दैन।’...

हरिवंशले गीतमार्फत दिए कोरोनाबाट बच्न सन्देश

काठमाडौं । यति बेला देशमा जताततै कोरोनाको हाहाकार छ । कोरोनाबाट सर्वसाधारणलाई सुरक्षित राख्न सरकारले देशको बिभिन्न भागमा लकडाउन गरेको छ ।यस्तैमा बरिष्ठ कलाकार हरिवंश आचार्यले कोरोनाबाट बच्नका लागि सर्वसाधारणमा गीत मार्फत सन्देश दिएका छन् । उनले ‘अर्काे जुनी कोई कुन्नी कस्लाई थाहा छ र खै, यो जुनीमा कोरोनाबाट बचौँ है’ बोलको एक छोटो गीत सार्वजनिक गर्दै कोरोनाबाट बच्न सचेत गरेका छन् ।आचार्यको गीतमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, सेनिटाइजर प्रयोग गर्न र हात धुन समेत सुझाइएको छ ।सानो

कोरोनाबाट जोगिन डोटीमा प्रहरीको घरदैलो अभियान

डोटी – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमणबाट जोगिन ‘आफ्नो जीवन आफैँ सुरक्षित’ भन्ने नाराका डोटीमा प्रहरीले घरदैलो अभियान सुरु गर्न थालेको छ ।  कोरोना भाइरसको बारेमा सचेतना फैलाउन जिल्ला प्रहरी कार्यालयको टोलीले घरदैलो अभियान सञ्चालन गरेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । प्रहरीको टोलीले कोरोनाबाट बच्ने उपाय सिकाउनुका साथै भिडभाड नगर्न तथा मास्क अनिवार्य प्रयोग गर्न आग्रह गर्न थालेको उहाँले बताउनुभयो...

वुहानमा रहेका नेपाली कोरोनाबाट सुरक्षित

चीनको वुहानमा रहेका नेपाली सुरक्षित भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । कोरोना भाइरस फैलिन नदिन र विदेशी