दक्षिण कोरियासहित २४ देशमा फैलियो ओमिक्रोन

काठमाडौँ– डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको ओमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ । प्राय: देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट आएका व्यक्तिबाट नयाँ भेरियन्ट फैलिएको हो । इजरायलमा मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरयन्ट देखिएको छ । त्यस्तै, दक्षिण अफ्रिकाबाट […]

सम्बन्धित सामग्री

युरोप-एशियामा बढ्न थाल्यो कोरोना, चीनमा २ को मृत्यु

पेकिङ : कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट फेरि एकपटक घातक बनेको छ। योपटक ओमिक्रोन कैयौँ सबभेरियन्टका साथ देखापरेको छ।यसको सबभेरिएन्ट बीए.२ युरोप र दक्षिणपूर्वी एशियामा बढेको छ। विगतमा कोभिड नियन्त्रणमा सफल देखिएको चीनमा यो वर्ष सबैभन्दा खराब अवस्था देखिएको छ।विज्ञहरूले ओमिक्रोन भेरिएन्ट डेल्टा जत्तिकै घातक नभएको बताउँछन्। यद्यपि यसको फैलिने क्षमता भने तीव्र छ। त्यसैले यो छोटो समयमा धेरै देशमा फैलिएको छ। चीनसहित दक्षिण कोरिया, हङकङ, फ्रान्स, बेलायत र इटालीमा यसको संक्रमण तीव्र गतिमा बढिरहेको

श्रम गन्तव्य मुलुकमा जान पालना गर्नुपर्ने यस्ता छन् मापदण्ड

काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट(ओमिक्रोन )बाट संक्रमित हुनेको संख्या बढेसँगै नेपालीको श्रम गन्तव्य मुलुकले स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालेका छन्।कतिपय मुलुकले मास्क, भौतिक दूरी,क्वारेन्टाइनलाई अनिवार्य गरेका छन् भने कतिपय मुलुकले कोभिडविरुद्धको खोप (बुस्टर) डोजलाई प्राथमिकता दिएका छन्। नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य मुलुक कतार, यूएई, साउदी, कुवेत, दक्षिण कोरिया, इजरायल, ओमन र बहराइन हुन्। ओमिक्रोन भाइरसको संक्रमण फैलिएसँगै मुख्य रोजगारदाता देशमा स्वास्थ्य मापदण्डमा

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।

दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

मंसिर १५, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।  कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो ।  खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने संकेत डब्लुएचओले दिएसँगै नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा दक्षिण कोरिया सरकारले चिन्ता र चासोको विषय भएको जानकारी दिएको छ ।  कोरियाले शनिवारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।  यसका साथै नयाँ भेरियन्ट देशमा फैलिनबाट रोक्नका लागि विभिन्न नियमको घोषणा गरिएको छ । केडिसीएले ओमिक्रोन भेरियन्ट देशका अन्य भागमा फैलिएकोबारे पत्ता लगाउन परीक्षण तीव्र पारेको छ ।  ओमिक्रोन कोरियामा देखिएपछि यहाँ रहेका नेपालीमा पनि त्रास फैलिएको छ । ओमिक्रोनका कारण नेपाली कामदार कोरिया ल्याउने क्रम फेरि रोकिन सक्ने खतरा बढेको छ । रासस