काठमाडौं उपत्यकामा घोषित ४ स्मार्ट सिटी कहिले बन्ला ?

काठमाडौंमा घोषित ४ स्मार्ट सिटी कहिले बन्ला ? 

सम्बन्धित सामग्री

‘स्मार्ट सिटी’ बनाउने नाममा जनताको सम्पत्ति रोकेर राख्न मिल्दैन : मन्त्री गुरूङ

सहरी विकासमन्त्री सीता गुरूङले स्मार्ट सिटी बनाउने नाममा जनताको सम्पत्ति रोक्का गरेर राखिरहन नमिल्ने बताएकी छन् । उनले सरकारले काठमाडौं उपत्यकामा सात वर्षअघि परिपक्व प्राविधिक तयारीबिनै हतारमा स्मार्ट सिटी बनाउने घोषणा गरेको, र त्यहीकारण अहिलेसम्म सर्वसाधारणको सम्पत्ति रोक्का भएर बसेको बताइन् ।

काम सुरु नभई म्याद सकियो

काठमाडौं, पुस ३ । काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’को निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो । करिब तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि ‘स्मार्ट सिटी’ को निर्माण कहिलेदेखि सुरु हुने भने अझै टुङ्गो लाग्न सकेको छैन । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको […]

कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधारमा निर्माणमा असर गर्‍यो : मन्त्री नेम्वाङ

असार ११, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधार निर्माणमा धेरै असर पुर्‍याएको बताएका छन् । शुक्रवार शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र कृषि तथा पशुपछी मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोभिडका कारण विकासे मन्त्रालयहरूले लक्ष्यअनुसार प्रगति हासिल गर्न नसकेको बताए। विगतमा निर्माण भएका सडक, पुललगायतका धेरै पूर्वाधार बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको उनले बताए । उनका अनुसार कतिपय ठाउँ सडक सञ्जालबाट सम्पर्कबिहिन नै बनेका छन् । सरकारले निषेधाज्ञा पूरै नहटेसम्म नयाँ ठेक्कामा नजाने निर्णय गरेको उनले बताए ।       भौतिक रूपमा अहिले पाँच जनाले सबै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्ने परिस्थिति आएको मन्त्री नेम्वाङले बताए । गत ८ गते सर्बोच्च अदालतले २० जना मन्त्रीलाई फिर्ता गरेपछि पाँच जनाले नै एकभन्दा बढी मन्त्रालयको नेतृत्व गर्नुपर्ने अवस्था आएको उनले बताए। गत पुस ५ मा विघटन भएको संसद् सर्बोच्च अदालतले पुनःस्थापना गरे पनि त्यसले बहुमतको सरकार दिन नसकेको उनले बताए ।       कोभिडले मानव स्वास्थ्य र आर्थिक क्षेत्र दुवैमा धेरै असर पु¥याएको मन्त्री नेम्वाङले बताए । सरकारले अहिले सडक, रेल, सिंचाइगायतका पूर्वाधार निर्माणको क्षेत्रमा अघि बढाइरहेको पनि उनले बताए ।      ‘स्मार्ट सिटी’ अघि बढाउन आवश्यक      मन्त्री नेम्वाङले काठमाडौं उपत्यका र उपत्यका बाहिरका ‘स्मार्ट सिटी’ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् । शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले काठमाडौं उपत्यकामा ललितपुर एक ठाउँमा बाहेक अरु तीन ठाउँमा कार्यान्वयन गर्न सकिने देखिएको बताउनुभयो ।            उनले निजी बैङ्कले समेत ‘स्मार्ट सिटी’ कार्यान्वयनमा सहकार्य गर्न चासो देखाइरहेको बताए ।   यसैवीच उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयका अधिकारीले केही दिनमा नै मेलम्ची–हेलम्बु क्षेत्रको संयुक्त रूपमा भ्रमण गर्ने योजना बनाएको  बताएका छन् । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले मेलम्चीमा धेरै क्षति पुगेको भनिए पनि अझैसम्म एकीन जानकारी आउन नसेको बताए।            मेलम्चीको दोस्रो खण्डको निर्माणमा सुरुङको प्रक्रियामा लामो समय अल्झन नहुनेमा उनको जोड थियो । रासस

स्मार्ट सिटी कि सांस्कृतिक सहर ?

काठमाडौं उपत्यकामा चारैतिर चारवटा स्याटलाइट स्मार्ट सिटी बनाउने घोषणा गरेसँगै त्यसको डिपिआर पनि तयार भइसकेको

काठमाडौं उपत्यकामा चार स्मार्ट सिटीको डिपिआर तयार

काठमाडौं : काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।  उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौं इशान’ र ‘काठमाडौं आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौं नैऋत्य’, काठमाड...