रुकुम पूर्वः भूमेमा ६७, पुथाउत्तरगंगामा ७४ र सिस्नेमा ७३ प्रतिशत मत खस्यो

रुकुम (पूर्व) : तीन वटा गाउँपालिका मात्र रहेको यस जिल्लामा ३५ मतदान स्थल र ४९ मतदान केन्द्र कायम गरिएको थियो। जसमा जिल्लाभरका मतदाताको संख्या ३३ हजार ५ सय १८ रहेको थियो।जस अनुसार भूमे गाउँपालिकामा ६७ दशमलव ९२ प्रतिशत मत खसेको छ। आज शुक्रबार देशैभर भएको २०७९ स्थानीय तह निर्वाचनमा भूमे गाउँपालिकामा ६७ दशमलव ९२ प्रतिशत मत खसेको हो।९ वटा वडा रहेको भूमेमा कुल मतदाता संख्या ११ हजार ३ सय ५२ रहेकोमा ७ हजार ७ सय १० मत खसेको निर्वाचन अधिकृत विमल प्रसाद बरालले जानकारी दिए। प्रतिशतमा ६७ दशमलव ९२ हुन आएको बर