नबिल इन्भेष्टमेण्टद्वारा धनगढीमा पुँजीबजार समबन्धि साक्षरता कार्यक्रम

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले  सूदुर पश्चिम प्रदेशको धनगढीमा पुँजीबजार समबन्धि साक्षरता कार्यक्रम गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिन र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले  कार्यक्रम गरेको जनाएको छ । हालसम्म प्रदेश नम्बर ४ र प्रदेश नम्बर ७ मा संचालन गरिएको यस्तो कार्यक्रम निकट भविष्यमा देशको सातै प्रदेशमा संचालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका ईन्भेष्टमेन्ट बैंकिंग विभाग प्रमुख बिकाशचन्द्र भण्डारीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुको बारेमा प्रकाश पारेका थिए । स्थापना कालको  १२औं वर्ष पुरा गरी १३औं वर्षमा प्रवेश गर्दै गर्दा  कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ । ५० लाख भन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २६ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ । यस्तो अवस्थामा धितोपत्र बजार सम्बन्धि यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाईदाहरु तथा यसबाट हुने जोखिमहरुको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ । 

सम्बन्धित सामग्री

मन्जुश्री फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

नेपाल राष्ट्र बैंकको संयोजनमा मन्जुश्री फाइनान्सले विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...

बेष्ट फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

बेष्ट फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...

गोर्खाज फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गोखार्ज फाइनान्स लिमिटेडले ग्लोबल मनी वीक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको सातै प्रदेशमा रहेका १८ शाखाहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झण्डै एक हजार विद्यार्थीलाई...

सनराइज बैंकद्वारा १०० स्थानमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सनराइज बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्मका १०० स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनी विक मनाएको बैंकले जनाएको छ । देशभरका शाखाहरु र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी वित्तीया साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । बैंकले ग्लोबल […]

एनसिसी बैकको वित्तीय साक्षरता कार्यक्रम

नेपाल क्रेडिट एण्ड कमर्स बैंक चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम गरेको छ।...

सानिमाको वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंकको गोकर्णेश्वर शाखाद्वारा ग्लोबल मनिविक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।...

दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंक कर्णाली प्रदेश कार्यालयको संयोजनमा दैलेख र सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम सप्ताहव्यापीरुपमा गरिएको छ।...

बौद्धमा सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सानिमा बैंकले काठमाडौंको बौद्धमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । सानिमा बैंकको गोकर्णेश्वर शाखाले ‘ग्लोबल मनि विक २०२२’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बैंकको महत्व, बैंकिङ्ग सेवाहरु, डिजिटल बैंकिङ्ग सेवा र यसको महत्वहरु, क्यूआर कोड र […]

बीमा साक्षरता कार्यक्रम सञ्चालन गरिँदै

बीमा कम्पनीहरूले बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न पर्याप्त मात्रामा चासो नदेखाएपछि बीमा समितिले उनीहरूलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागेको छ । बीमा समितिले यसअघि निर्जीवन बीमा कम्पनीहरूलाई कृषिबीमा गर्न जिल्ला तोकेको थियो । अहिले भने बीमा साक्षरता कार्यक्रम गर्न जिल्ला तोकेको हो । निर्जीवन बीमाको हकमा तत्काल नै यस सम्बन्धमा निर्देशन जारी गरिने बताइएको छ । निर्जीवन बीमा कम्पनीहरूले जुन जिल्लामा कृषिबीमाको कार्यक्रम गरिरहेका छन्, त्यही जिल्लामा बीमा साक्षरता कार्यक्रम गर्न निर्देशन दिइनेछ । जीवन बीमा कम्पनीहरूलाई जिल्...

एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकका ब्रान्ड दूत रहेका अभिनेता पल शाहको उपस्थितिमा विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।...