काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा नेपालले विभिन्न देशबाट ११ अर्ब २० करोड ८० लाख ९० हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ। भन्सार विभागका अनुसार गत साउनदेखि मंसिर मसान्तसम्म उक्त मूल्यमा ८लाख ३हजार ८१८थान मोबाइल नेपाल भित्रिएको छ। सो अवधिमा सबैभन्दा बढी चीनबाट ७ अर्ब ५९करोड ५० लाख ६३ हजार रुपैयाँको मोबाइल फोन नेपाल आएको छ।