आज हल्का वर्षा, पर्सि भने देशैभर पानी पर्ने सम्भावना

काठमाण्डाै - मनसुनी प्रणाली सक्रिय नभएकाले आज हल्का मात्रै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार आज गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अन्य प्रदेशमा खासै पानी पर्ने सम्भावना छैन । भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान छ । वाग्मती र प्रदेश-१ का केही ठाउँमा भने भोलि ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ । पर्सि भने मनसुन फेरि सक्रिय हुने अनुमान छ । यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको म...

सम्बन्धित सामग्री

गण्डकीका थोरै ठाउँमा हल्का वर्षा : मधेस प्रदेशसहित पहाडी क्षेत्रमा बदली

काठमाण्डाै - गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा अहिले हल्का वर्षा भइरहेको छ । मधेस प्रदेशसहित पहाडी क्षेत्रमा मौसम आशिंक बदली भएको छ । अहिले काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा दिउँसोपछि पानी पर्ने सम्भावना छ । आज दिउँसो देशभरको मौसम बदली रहने अनुमान छ । पहाडी केही ठाउँ र बाँकी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी केही ठ...

काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा पर्सिसम्मै पानी पर्ने सम्भावना

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना छ । अहिले पनि पहाडी एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो पहाडी केही क्षेत्र तथा तराईका थोरै ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार भोलि र पर्सि पनि मौसम यस्तै रहने छ । पर्सि सोमवार...

हिउँद नसकिँदै गर्मी बढ्यो,  यो हिउँदमा पानी पर्ने सम्भावना टर्दै

काठमाण्डाै - यसपालि हिउँद नसकिँदै गर्मी बढेको छ । यसपालिको हिउँदमा हिमपात र वर्षा नहुँदा गर्मी बढेको हो । पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेको छैन । पानी नपर्दा माघ महिनादेखि नै तापक्रम बढ्न थालेको थियो  । हिउँदयाम सकिन अब १० दिन बाँकी छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । आज फेब्रुअरी १९ तारिख हो । हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत पानी पर्न सकेको छैन । बाँकी १० दिनमा पनि पानी पर्ने खासै सम्भावना नदेखिएको मौसमविद् मञ्जु बासीले जानकारी...

आज वाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशका केही ठाउँको मौसम बदली भएको छ । काठमाण्डौ उपत्यकाकाे पनि मौसम बदली भएको छ । वाग्मती र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको तथा कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर आज र भोलि ठूलो पानी पर्ने सम्भावना नदेखिएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो। आज दिउँसो प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशहरू मधेस प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा...

मनसुन फेरि सक्रिय : देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - मनसुन फेरि सक्रिय भएको छ । अबको एक/दुई नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बदली र वर्षाको सम्भावना रहेकाले आज बाबुको मुख हेर्न आवतजावत गर्नेहरुलाई छाता तथा बर्सादी बोक्न मौसमविद्ले आग्रह गरेका छन् । अहिले लुम्बिनी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहेर केही ठाउँमा मध्यम वर्षा भइरहेको छ । त्यस्तै गण्डकी प्रदेशका थोरै ठाउँ तथा प्रदेश-१ र कर्णाली प्रदेशका एक/दुई ठाउँमा पनि हल्का वर्षा भइरहेको छ । आज दिउँसो पनि प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदे...

चार प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं : प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अहिले हल्का पानी परिरहेको छ।आइतबार दिउँसो भने देशैभर हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर नै सामान्य बदली रही ती प्रदेशमा हल्का वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदशेका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा पानी पर्ने सम्भावना छ। यी प्रदेशमा मौमस सामान्य बदली रही अन्य प्रद

काठमाण्डौसहित देशका केही ठाउँमा हल्का वर्षा, दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षा भएको छ । काठमाण्डौको गौशाला, एयरपोर्ट क्षेत्रमा बिहान हल्का पानी परेको हो । काठमाण्डौ बाहिरका अन्य केही ठाउँमा पनि हल्का पानी परेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । आज दिउँसोपछि पनि पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने अनुमान छ । अन्य प्रदेशका पहाडी जिल्लामा पनि बेलुकीपख मेघगर्जनसहित पानी पर्ने अनुमान छ ।

पाँच प्रदेशमा ठुलो पानी पर्ने सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशका केही भु -भागमा अहिले पनि हल्ला वर्षा भइरहेकाे छ । देशभर सामान्य बदली रही प्रदेश १ का केहि स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका […]

काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा हल्का वर्षा

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा पानी पर्न थालेको छ । अहिले यी क्षेत्रमा हल्का पानी परेको र दिउँसोपछि जमिन भिज्ने गरी पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पानी पार्ने प्रणाली पूर्वी क्षेत्रमा सरिरहेकाले दिउँसोपछि पूर्वी क्षेत्रमा पनि जमिन भिज्ने गरी पानी पर्ने सम्भावना छ । स्थानिय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । आज धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन्  । सुदूरपश्चिम, कर्णाली, गण्डकीलगाय...