पछिल्लो समय निर्माता फिल्म प्रचारका लागि नयाँ शैली अपनाउन थालेका छन् । यस्तैमा १३ फागुनबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले पनि प्रचारका लागि थारु र नेवारी गरेर दुई भाषामा प्रमोसनल गीत बनाएको छ ।राजधानीमा एक कार्यक्रमका बीच दुबै गीत सार्वजनिक गरेको छ । जसमध्ये सार्वजनिक थारु भाषाको गीतमा नरेश योगी र मधु चौधरीको स्वर छ भने गायक योगीकै शब्द तथा संगीत छ । चितवनमा छायाङ्कन भएको गीतमा थारु समुदायको भेषभुषा र संस्कृतिलाई देखाउन खोजिएको छ । भिडियोमा फिल्मका मु