बालुवाटारबाट प्रधानमन्त्री ओलीले १ सय ६५ वटा सडक शिलान्यास गर्दै

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विभिन्न १६५ वटा सडक शिलान्यास गर्ने भएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममार्फत एकैसाथ १ सय ६५ वटा सडकको शिलान्यास गर्न लागेका हुन् । संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका पर्ने गरी १६५ वटा सडक शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।निश्चित मापदण्डका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका सडकहरू छनोट गरिएको थियो । 

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्कीले गरे लेटाङ-बुधवारे सडकको शिलान्यास

सुन्दरहरैँचा : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९ दशमलव ६० किलोमिटर लामो मोरङ लेटाङ–६ नं बुधबारे सडकको शिलान्यास गरेका छन्।पूर्वाधार विकास कार्यालयले लेटाङमा आयोजना गरेको सडक शिलान्यास समारोहमा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको सडकको शिलान्यास गरेका हुन्। पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबीसे गाउँपालिका साथै इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्री कार्कीले शिलान्यास समारोहमा बताए।उन

डुबान क्षेत्रमा गौरका नगर प्रमुख साहले गरे सडक शिलान्यास

सडक र नालाको अभावमा हरेक वर्ष वर्षाको समयमा पूरा सडक नै डुबानमा पर्ने गौर ५ कोइरी टोलामा नगर प्रमुख साहले नालासहितको सडक शिलान्यास गरेका हुन्।...

खत्रेठाँटी–कुन्छा–सोतिपसल सडक शिलान्यास

लमजुङको सुन्दरबजार र मध्यनेपालअन्तर्गत पर्ने खत्रेठाँटी–कुन्छा–सोतिपसल सडक स्तरोन्नतिका लागि शिलान्यास भएको छ । मध्यनेपाल–१, जिताबेसीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश भौतिक योजनामन्त्री कुमार खड्काले सडक शिलान्यास गरेका हुन् ।सडक शिलान्यासपछि औपचारिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले विकास र समृद्धिका लागि गण्डकी प्रदेश सरकार जनताको आधारभूत आवश्यकता पूरा गर्न लागिपरेको बताए । यसअघिको सरकारले केही सडकमा बजेट स्रोत […]

शिलान्यास भएको २८ वर्षपछि लुहाम–कालिमाटी सडक सञ्चालनमा

सल्यानको त्रिवेणी लुहाम–कालिमाटी रामपुर सडक शिलान्यास भएको २८ वर्षपछि सञ्चालनमा आएको छ । २०५० सालमा शिलान्यास गरिएको सडकको विभिन्न खण्डहरूको ट्रयाक ओपन गरिएपछि सञ्चालनमा आएको हो ।  जिल्लाको त्रिवेणी लुहामकाभ्रा हुँदै...

जुम्ला प्याकुरेबाडा-मुडुरी हुदै डोल्पा जोड्ने सडक शिलान्यास

गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी सडकको शिलान्यास गरेका हुन्। जुम्ला खलंगाबाट दानसाँघु,गज्र्याङकोट हुँदै डोल्पा जाने सडक अहिले चलिरहेको छ। त्यो सडकमा अहिले साना सवारी चलिरहेका छन्।...

नगर प्रमुखले गरे सडक शिलान्यास

वीरगञ्ज (अस) । वीरगञ्ज माहानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नालाको शिलान्यास गरेका छन् । नगरस्तरीय बजेटबाट निर्माण हुन लागेको ढलान सडक र नालाको सरावगीले शनिवार शिलान्यास गरेका हुन् । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सडक र नाला निर्माणपछि त्यस क्षेत्रमा आवतजावतमा सहज हुने दाबी नगर प्रमुख सरावगीले गरे । सडक र नाला निर्माणपछि पानीको पनि उचित निकास हुने उनले बताए ।

प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उहाँले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गर्नुभएको हो । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ । […]

पण्डितको मन्त्रोच्चारणसहित ओलीले गरे चितवनमा सडक शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा निर्माणाधीन गोन्द्राङ–पुल्चोक ६ लेन सडकको शिलान्यास गरेका छन् । शनिबार दिउँसो ओलीले पण्डितको मन्त्रोच्चारणसँगै सडकको शिलान्यास गरेका हुन् । सो समारोहमा गृहमन्त्री रामबहादुर थापा बादलको पनि सहभागिता रहेको थियो । ओलीले आजै अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास पनि गर्ने कार्यक्रम रहेको छ । निर्माणको चरणमा रहेको सिटी हल ओलीले फेरि  जस लिने गरी शिलान्यास गर्न लागेको भन्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसहित नेकपा चितवन जिल्ला

शिलान्यास र सभाका लागि प्रधानमन्त्री चितवन आउँदै, महानगर र नेकपा चितवनको विरोध

प्रधानमन्त्री केपी ओली चितवन आएर महानगरीय सिटीहल र पुलचोक–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्ने विषयको भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय नेकपा चितवनले विरोध गरेका छन् । दुई छुट्टाछुट्टै कार्यक्रम गर्दै...

रुपन्देहीको तिलोत्तमाको पत्थरडाँडा-तिनाउ सडक शिलान्यास

बुटवल । रुपन्देहीको  तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार कार्यको आज शिलन्यास गरिएको छ । क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले शिलान्यास गरेका हुन् ।  मन्त्री चौधरीले सडक शिलन्यास  गर्दे तिलोत्तमा नगरपालिकाद्धारा प्रस्तावित प्रादेशिक बसपार्क स्थलसम्म पुग्ने यो सडकको लम्बाई ६ दशमलव ८ किलोमिटर रहने बताए ।नदीजन्य पैदावार ओसारपसार